कोहलपुर प्रहरीका डिएसपी शाहीले खसी मागेका तरुण दलका सचिव अपहरणको नाटक गरेको आरोपमा पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर ३, मंगलवार) १५:३१

इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज डीएसपी हेमबहादुर शाहीले खसी मागेको अडियो सार्वजनिक गर्ने नेपाल तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई प्रहरीले अपहरणको नाटक गरेको आरोपमा पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकु काठमाण्डौको टोलीले गोंगबुको एक होटलबाट कोषाध्यक्ष  खड्कालाई प्रहरीले पक्राउ गरेको हो । आफु अपहरणमा परेको खबर प्रहरीलाई दिएका खड्कालाई महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले गोंगबुको एक होटलमा फेला पारेपछि पक्राउ गरेको थियो ।

आधुनिक हतियार अमेरिकन पेस्तोलसहित पक्राउ परेका नेपाल तरुण दल नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाह बाँके जिल्ला अदालतको आदेशले यति बेला नेपालगञ्ज कारागारमा बन्दी जीवन बिताईरहेका छन्।  उनी पक्राउ भएपछी इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज डीएसपी हेमबहादुर शाहीले खड्कासँग खसी मागेको अडियो सार्वजनिक भएको थियो।

प्रहरीका अनुसार, गएको असोज २६ गते भएको खुकुरी प्रहार गरिएका लोकेन्द्र शाहीको घटनामा संलग्न रहेको आरोप  लगाउदै इलाका प्रहरी कार्यालय, कोहलपुरले खड्कालाई पक्राउ गर्न महानगरीय प्रहरी परिसर टेकुलाई पत्राचार गरेको थियो । इलाका प्रहरी कार्यालय कोहलपुरले उनी लगायत ६ जनाविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा मुद्दा दर्ता गरेको छ।

यसअघि खड्कासँग इलाका प्रहरी कार्यालय, कोहलपुरका इञ्चार्ज डीएसपी हेमबहादुर शाहीले खसी मागेको अडियो सार्वजनिक भएको थियो । त्यस विषयमा शाहीमाथि छानबिन जारी छ ।

तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जना पक्राउ परेपछि अडियो सार्वजनिक हुँदा प्रहरी र खड्का समूहको विवाद सतहमा आएको थियो ।


(२०७६ मंसिर ३, मंगलवार) १५:३१ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro