नेपाली मिडियालाई बेवास्ता गर्दै १३ औं दक्षिण एसियाली खेलकुदको ब्रोडकास्टिङ अधिकार भारतीय कम्पनीलाई प्रदान

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर २, सोमबार) ०९:१२

नेपाली संचार माध्यमलाई बेवास्ता गर्दै नेपाल ओलम्पिक कमिटी र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औं दक्षिण एसियाली खेलकुद (साग) को बोडकास्टिङ अधिकार भारतीय कम्पनी एन के मिडिया भेन्चर प्रालिको नक्षेत्र न्युजलाई दिएको छ ।

अब नेपाली मिडियाले १३औं दक्षिण एसियाली खेलकुदको फोटो समेत खिच्न पाउने छैनन्।  उनीहरुले यस खेलको अडियो, भिडियो र फोटोका लागि समेत नक्षेत्र न्युजको भर गर्नुपर्नेछ।

बोडकास्टिङसम्बन्धी सम्झौतापत्रमा आइतबार एन के मिडियाका सञ्चालक प्रभातरञ्जन मल्लिक र नेपाल ओलम्पिक कमिटीका महासचिव नीलेन्द्रराज श्रेष्ठले हस्ताक्षर गरे।

सम्झौतापत्र अनुसार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले बोडकास्टिङबापत आठ करोड रुपैयाँ प्राप्त गर्नेछ। तर नक्षेत्रलाई प्रसारणमा नेपालको सरकारी टेलिभिजनले सघाउने पनि बताइएको छ। प्रसारणमा सरकारी टेलिभिजनका उपकरण गरिने भए पनि साग खेलकुदका क्रममा विज्ञापनबापत आएको रकम नक्षेत्र र नेपाल टेलिभिजनले ५०-५० प्रतिशत बाँड्नेसमेत बताइएको छ।

नेपालमा आयोजना भएको दक्षिण एसियाकै ठूलो खेललाई अन्तर्राष्ट्रियकरण गर्नका लागि सम्झौता फलदायी हुने नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए। सम्झौता कार्यक्रममा राखेपका सदस्यसचिव रमेशकुमार सिलवालले सागको इतिहासमा पहिलो पटक ठूलो रकममा बोडकास्टिङ अधिकार सुरक्षित गरिएको बताए। उनले नेपाली खेलकुदलाई ग्लोबलाइजेसन गर्न सफल भएको प्रतिक्रिया दिए।

नक्षेत्रले सागमा समावेश २७ खेलहरू कम्तीमा १५ वटा विदेशी च्यानलमा प्रसारण गर्ने पनि जनाएको छ। मंसिर २४ गतेसम्म सञ्चालन हुने सागमा सहभागी सात देशका खेलाडीले कुल तीन सय २४ स्वर्ण, त्यति नै रजत र चार सय ८७ कांस्य गरी कुल एक हजार एक सय ३५ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्। सागका खेलहरू काठमाडौं, ललितपुर, पोखरा र जनकपुरमा हुनेछ।


(२०७६ मंसिर २, सोमबार) ०९:१२ मा प्रकाशित

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro