अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १, आईतवार) १८:३३

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ।

सामाजिक सेवा ईकाई सञ्चालन गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा  निर्देशिका विपरित आर्थिक प्रलोभनमा परी नियोजित ढंगले असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा)लाई ल्याउन खोजिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा गएको साउन महिनामा उजुरी परेको थियो ।

सो उजुरीपछि अख्तियार अनुसन्धान आयोग पोखराले खरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखरामा छापा मारी विभिन्न कागजपत्र जफत गरी अनुसन्धान थालेको थियो।  अख्तियारले कागजपत्र लगेपछि अस्पतालको सामाजिक सेवा इकाइद्वारा संचालित फार्मेसीमा कार्यरत १० कर्मचारीको तलव र भत्ता रोकिएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान साविक पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पोखराका प्रशासन प्रमुख नारायण आचार्यले सामाजिक सेवा इकाई संचालन गर्नका लागि टेन्डर प्रक्रियाबाट असल छिमेकी सहयोगी संघ (गोनेसा}लाई दिने बोर्ड बैठक निर्णय भएको भए पनि अख्तियारमा उजुरी परेपछि गोनेसासंग सम्झौता नगरिएको जानकारी दिंदै अख्तियारको निर्देशंपछी त्यो प्रक्रिया पुरै रोकिएको जानकारी दिए।  अब फेरी सामाजिक सेवा इकाई संचालन गर्नका लागि फेरी टेन्डर प्रक्रिया गरिने थालिने उनले स्पस्ट पारे।

 

सम्बन्धित समाचार हेर्न तलको लिंक क्लिक गर्नुस

गरीब, असहायको नाममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा सत्तारुढ नेकपाको चलखेल , बिबाद अख्तियारसम्म


(२०७६ मंसिर १, आईतवार) १८:३३ मा प्रकाशित

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro