अनियमितता गरेको भन्दै आफैंले छानविन गरिरहेकै व्यक्ति पोखरा महानगरको सहकारी विभाग प्रमुख नियुक्त

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ मंसिर १, आईतवार) १७:४२

ब्यापक अनियमितता भएको भन्दै आफैले छानबिन गरिरहेका सत्तारुढ नेकपाका नेतालाई पोखरा महानगरपालिकाले सहकारी विभाग प्रमुख बनाएको खुलासा भएको छ।

हाल अख्तियार दुरुपयोग अनुसन्धानको पोखरा कार्यालय पोखराले छानबिन गरिरहेको तात्कालीन अवस्थामा पोखरा महानगरको एक टोलीले पोखरा-७ मासबारस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा भएको ब्यापक अनुसन्धान चलिरहेका बेला तात्कालीन एमाले जिल्ला कमिटि सदस्य एबम प्रचार बिभाग प्रमुख समेत रहेका तेजनारारायण अधिकारीलाई महानगरले सहकारी विभाग प्रमुख बनाएको हो।

हाल सत्तारुढ नेकपा जिल्ला कमिटि सदस्य समेत रहेका अधिकारी पोखरा-७ मासबारस्थित श्रीकृष्ण माध्यमिक विद्यालय ब्यबस्थापन समिति अध्यक्ष हुँदा खेरि बिद्यालयका तात्कालीन प्रधानाध्यापक केदारनाथ अधिकारीसंगको मिलेमतोमा ३२ लाख रुपियाँ अनियमितता भएको भन्दै अहिले अख्तियार पोखराले छानबिन गरिरहेको छ र विद्यालयका तात्कालीन अध्यक्ष अधिकारी लगायत तात्कालीन पदाधिकारी एबम जिम्मेवार सदस्यहरु अहिले धमाधम अख्तियारमा बयान दिई रहेका छन्।

श्रीकृष्ण माध्यमिक विद्यालय
श्रीकृष्ण माध्यमिक विद्यालय,मासबार, पोखरा 

प्राप्त जानकारी अनुसार, हाल पोखरा महानगरपालिकाको सहकारी बिभाग प्रमुख बनाइएका नेता अधिकारीले मासबारस्थित श्रीकृष्ण माध्यमिक विद्यालय ब्यबस्थापन समिति अध्यक्ष हुँदा प्रधानाध्यापक केदारनाथ अधिकारीसंग मिलेमतो गरी करीब ३२ लाख रुपियाँ रकम अनियमितता गरेको उनीपछि बनेको नयाँ बिद्यालय ब्यबस्थापन समितिले पत्तो लगाएको थियो।  त्यस अनियमितताका बारेमा पोखरा महानगरपालिकामा जानकारी प्राप्त भएपछी महानगरपालिकाले एक टोली बनाएर त्यस विद्यालयमा भएको अनियमितता बारे छानविन गरिरहेको थियो।  तर त्यस छानबिनका बारेमा अख्तियारमा उजुरी परेपछि पोखरा महानगर र बिद्यालयमा रहेका सबै फाइल अख्तियारले झिकाएर आबस्यक अनुसन्धान गरिरहेको छ।

पोखरा महानगरपालिका वडा नम्बर ७ का सदस्य किशोर बरालले बिद्यालय ब्यवस्थापन समितिमा पूर्व अध्यक्ष तेजनारायण अधिकारी र पूर्व प्रधानाध्यापक केदारनाथ अधिकारीको मिलेमतोमा बिद्यालयले बिभिन्न शीर्षकमा आएको ३२ लाख रुपैया अनियमितता भएको जानकारी दिए। वडा सदस्य बरालका अनुसार, विद्यालयमा पुस्तकालय निमार्ण गर्न भनी आएको २ लाख ९५ हजार पाँच सय ८०, इ-पुस्तकालयका लागि आएको ६ लाख पचास हजार, सटर भाडा बापत धरौटी आएको दुइ लाख रुपैयाँ, शिक्षकको तलब वापत आएको करीब ६ लाख लगायतका शीर्षकका रकम दुई जनाको मिलेमतोमा अनियमितता गरिएको छ । बिद्यालयको पुस्तकालयमा न पुस्तक छन , न त हिसाबकिताब नै छ ।

बिद्यालय ब्यवस्थापन समितिमा पूर्व अध्यक्ष तेजनारायण अधिकारी र पूर्व प्रधानाध्यापक केदारनाथ अधिकारीले बिद्यालयमा गठन भएको नयाँ ब्यवस्थापन समितिलाई अहिलेसम्म हिसाब बुझाउन सकेका छैनन।

नयाँ बिद्यालय ब्यबस्थापन समिति गठन भए यता पुस्तकालयका लागि पुस्तक खरिद गरे वापतको रकम माग गर्दै बिद्यालयमा दिनहुँजसो बाउन्स चेक लिएर २,४ जना आउने गरेको बिद्यालयका प्रधानअध्यापक टिकाराम लामिछाने जानकारी दिए । प्रधानअध्यापक टिकाराम लामिछाने “बिद्यालयको पुस्तकालयका लागि पुस्तक खरिद नै नभए पनि पुस्तक खरिद शीर्षकमा २ लाख ९५ हजार र इ पुस्तकालयका लागि भनेर ६ लाख पचास हजार महानगरपालिकाबाट निकासा भै सकेको” पाइएको बताए । त्यति मात्र हैन उनले बिद्यालयका शिक्षकद्धय रमेश तिमिल्सिना र रुपक बरालको तलब स्वरुप आएको ६ लाख ४० हजार रुपैयाँ पनि दुई जना मिलेर अनियमितता गरेको उनको दाबी छ।

यसरी पोखराको ७ नं वडाको एक मात्र सामुदायिक बिद्यालयमा चरम अनियमितता भएको छ । यो अनियमितताको बिषयमा महानगरको शिक्षा महाशाखा र अन्य सम्बन्धित निकायले छानबिन गरेर दोषी उपर हदैसम्मको कारवाही गर्लान कि राजनीतिक रुपमा जोडेर यस बिषयलाई यहि नेर बिट मार्ने काम हुने हो ? हेर्न बाँकी छ ।


(२०७६ मंसिर १, आईतवार) १७:४२ मा प्रकाशित

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro