जुवाखालमा पुग्ने घुमुवालाई कानुनी कारवाही, बरामद रकम लुकाउने तीन घुमुवा निलम्वित मात्रै

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २९, शुक्रबार) २०:०२

जुवातासबिरुद्ध अभियान चलाएको घोषणा गरेको कास्की प्रहरीले पदिय आचरणबिरुद्ध जुवाखालमा पुगेका एक घुमुवा प्रहरीलाई कानुनी कारवाही गरेको छ भने जुवाखालबाट बरामद भएको रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई कानुनी कारवाहीको सट्टा निलम्बन गरी विभागीय कारवाही अघि बढाएको छ।

प्राप्त जानकारी अनुसार, तिहारको अवसरमा जुवातासबिरुद्ध अभियान चलाएको कास्की प्रहरीले लक्ष्मीपुजाको दिन पोखराको न्युरोडस्थित एक घरमा रहेको जुवाखालमा छापा मारेको थियो।  सो जुवाखालबाट कास्की प्रहरीले नौजना जुवाडेसहित ९५ हजार रुपियाँ बरामद गरेको थियो।  पक्राउ परेका नौ जनालाई छानविन गर्दै जाँदा सोही टोलीमा हालको संघीय प्रहरी कार्यालय साविक पश्चिम क्षेत्रिय प्रहरी कार्यालय पोखरामा कार्यरत घुमुवा प्रहरी हेमबहादुर थापा पनि फेला परे।

अन्य जुवाडेसहित पक्राउ परेका घुमुवा प्रहरी थापालाई कास्की प्रहरीले जुवातास नियन्त्रण ऐन अन्तर्गत मुद्दा चलाएर हिरासतमा राखेको थियो।  उनी गएको साता पांच हजार रुपियाँ धरौटीमा छुटेका छन् भने उनको जागीर स्वत: निलम्वनमा परेको छ।

त्यस्तै जुवातासबिरुद्ध अभियान नै संचालन गरिरहेको कास्की प्रहरीले जुवाखालमा छापा मार्ने क्रममा बरामद रकम लुकाउने तीन जना घुमुवा प्रहरीलाई निलम्बन गरी कारवाही प्रक्रिया अघि बढाएको छ।

निलम्वनमा परेका घुमुवा प्रहरीहरुमा जिल्ला प्रहरी कार्यालय कास्की अन्तर्गत रहेको घुमुवा प्रहरी इन्चार्ज प्रहरी सहायक निरिक्षक (असई} सन्तोष सुबेदी, घुमुवा प्रहरीहरु जिवनाथ लामीछाने र अनिल ढकाल रहेको डिएसपी राजकुमार केसीले जानकारी दिए।

तिहारकै बेला पोखराको लेकसाइडमा रहेको होटल क्रिष्टल प्यालेसमा प्रहरीले छापा मारेको थियो । उक्त स्थानबाट प्रहरीले ९ जना सहित करीब रु १० लाख बरामद गरेको थियो । बरामद भएको रकम मध्ये रु १ लाख २६ हजार छापा मार्न गएका उनीहरुले मिलेर लुकाएको बताइएको छ । उनीहरुले खालबाट बरामद मध्ये एक लाख २६ हजार लुकाएर आफ्नो स्कुटरको डिक्कीमा राखेको अवस्थामा प्रहरीले बरामद गरेको थियो ।

उनीहरुलाई निलम्वन गर्नु पुर्व आबस्यक छानबिनका लागि जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी राजकुमार केसीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाइएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले ‘सो घटनामा बरामद भएको रकम मध्ये केही रकम अनियमितता भएको पाइएकाले उनीहरुलाई प्रारम्भिक छानबिन पश्चात निलम्वन गरी थप अनुसन्धान जारी रहेको’ जानकारी दिएका छन् ।

बरामद रकम लुकाएको भेटिन्दा पनि कास्की प्रहरीले उनीहरुलाई पक्राउ गरी कानुनी कारवाही अघि बढाउनुको सट्टा जागिरबाट निलम्बन गरेर घर पठाई अनुसन्धान गरिरहेको बताएको छ।  तर पदिय मर्यादाबिपरित जुवाखालामा पुगेका र तिहारको रमाइलो गरिरहेका अर्का घुमुवा हेमबहादुर थापालाई भने पक्राउ गरेर निलम्बन गरी कानूनी प्रक्रिया अघि बढाएर कास्की प्रहरीले प्रहरीबीच पनि कारवाहीको दोहोरो मापदण्ड कायम गरेको छ।


(२०७६ कार्तिक २९, शुक्रबार) २०:०२ मा प्रकाशित

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro