नेपाली कांग्रेसका नेता एबम सांसद अफ्ताव आलम रौतहट जिल्ला कारागर चलान

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २९, शुक्रबार) १८:२९

जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री मोहम्मत आफताव आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत रौतहटका न्यायाधीश दीपक ढकालको इजलासले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउन शुक्रबार आदेश दिएको हो। आदेश जारी गर्नुअघि अदालत आसपास र गौर क्षेत्रमा सुरक्षा अत्यन्त कडा पारिएको थियो।

अदालतको आदेशसंगै आलमको सांसद पद स्वतः निलम्वनमा परेको छ। उनले जिल्ला कारागार शाखा रौतहटमा बन्दी जीवन बिताउनु पर्नेछ।

विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेकोसहित तीनवटा मुद्दामा एक साता लामो बहस टुंगिएपछि भएको थुनछेक बहसपछि अदालतबाट यस्तो आदेश आएको हो। आलम अब जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत हुँदै सर्वोच्च अदालत जान सक्नेछन्।

आलममाथि २८ चैत २०६४ को पहिलो संविधानसभा चुनाव बिथोल्न जिल्लाकै राजपुरमा बम बनाउने क्रममा विस्फोटमा परेर घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोग लागेको छ। यसअघि सरकारी वकिल कार्यालयले आलमविरुद्ध ८०० पृष्ठको अभियोग पत्र दर्ता गरेको थियो । जसमा आलमले आलमसहितका व्यक्तिले त्रिलोकप्रताप सिंह र ओसी अख्तर मियाँसहित दर्जनभन्दा बढी व्यक्तिलाई इँटाभट्टाको चिम्नीमा हालेर जिउँदै जलाएको उल्लेख थियाे ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटले आलमसहित १० जनाविरुद्ध उक्त घटनामा अभियुक्त बनाएर जिल्ला अदालत रौतहटमा तीनवटा फरक अभियोग पत्र दर्ता गराएको थियो। आलमको पक्षमा वकालतनामा लेखाएका २९ जनामध्ये २५ जना वकिलले बहस गरेका थिए। पूर्वमहान्यायाधिवक्ता रमन श्रेष्ठसहितले उनको पक्षमा बहस गरेका थिए। पीडितको पक्षबाट जिल्ला सरकारी वकिल कार्यालयका वकिलसहित पूर्वमहान्यायाधीवक्ता डा. युवराज संग्रौलालगायतले बहस गरेका थिए।

सरकारी वकिलले आलमसहित १० जनाविरुद्ध विस्फोटक पदार्थको प्रयोग तथा उत्पादन, ज्यान मार्ने उद्योग र कर्तव्य ज्यानको कसुर गरेको अभियोगमा आजीवन काराबासको सजाय मागदाबी गरेको थियो। अन्य एक अभियुक्तलाई मतियारको रूपमा सजाय मागिएको थियो।


(२०७६ कार्तिक २९, शुक्रबार) १८:२९ मा प्रकाशित

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro