सरकारको चौतर्फी बिरोधपछी ने.क.पा. नेता बीरजंग अस्पताल भर्ना

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २९, शुक्रबार) १७:३३

सरकारको चौतर्फी बिरोध भएपछी प्रहरीले बिप्लव नेतृत्वको ने.क.पा.का केन्द्रिय सदस्य एबम मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्द ‘बीरजंग’लाई दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरेको छ।

कडा सुरक्षा घेराबीच नेता बीरजंगको अस्पतालमा उपचार भैरहेको पारिवारिक स्रोतले जानकारी दिएको छ। परिवारका सदस्य र आफन्तलाई नागरिकता देखाएर मात्र एकपटकमा एक जनालाई मात्र नेता बीरजंगसंग भेट गर्न दिइने गरेको प्राप्त समाचारमा जनाइएको छ।

घाँटी र छातीमा समस्या देखिएपछि नेता बीरजंगलाई अस्पताल लगिएकोमा डाक्टरले अस्पतालमा नै भर्ना गर्नुपर्ने” सल्लाह दिएका थिए। तर प्रहरीले “मिल्दैन” भनेर उपचार नै नगरी हिरासतमा फर्काएको भन्दै नेपाली संचार माध्यमहरुले समाचारहरु प्रकाशन तथा प्रशारण गरेका थिए। समाचारहरु सार्वजनिक भएपछी जिल्ला प्रहरी कार्यालय दाङको हिरासतमा राखिएकानेता बीरजंगलाई प्रहरीले आज अस्पताल भर्ना गरेको हो।

बिप्लव नेतृत्वको ने.क.पा.का केन्द्रिय सदस्य एबम मध्यपश्चिम कमाण्ड इन्चार्ज चन्द्र बहादुर चन्द ‘विरंजग’लाई स्वास्थ्योपचारको सुबिधा दिन समेत इन्कार गरेको छ।

पार्टी महासचिव विप्लवका सहोदर दाजु समेत रहेका नेता बीरजंग लगायतका २१ जना नेता तथा कार्यकर्ताहरुलाई गत असोज ३० गते राति दाङ राजपुर गाउँपालिका मुङग्रेठामा पार्टीको राप्ती ब्युरोको बैठक स्थलबाट प्रहरीले घेरा हालेर नियन्त्रणमा लिएको थियो । उनीहरुलाई संगठित अपराध र हातहतियार खरखजना मुद्दा चलाइएको छ ।


(२०७६ कार्तिक २९, शुक्रबार) १७:३३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना