नेपाल-भारत बीचको सिमा सुरक्षा बैठक पोखरामा हुँदै : भारतले मिचेको नेपाली भुमि कालापानी बारे छलफल नहुने

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २९, शुक्रबार) ०९:३८

भारतले मिचेको नेपाली भुमि कालापानी फिर्ता गर्न भारतसंग पहल गर्न रास्ट्रिय सहमति पाएको वर्तमान दुई-तिहाईको कथित कम्युनिष्ट सरकारले नेपाल-भारत बीच पोखरामा हुन लागेको सिमा सुरक्षा सम्बन्धी बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल नगर्ने भएको छ।

आउँदो मंसिर ४ गतेदेखि ६ गतेसम्म पोखरामा बस्ने तय भएको नेपाल र भारतबीचको सीमा सुरक्षा बैठकमा “‘सीमा अपराध, सीमामा संयुक्त गस्तीलगायतका विषयमा छलफल हुने” गृह मन्त्रालय सम्बद्ध स्रोतलाई उल्लेख गर्दै आजका नेपाली छापा संचार माध्यमहरुले समाचार लेखेका छन्।  सो बैठकमा भारतले हालै जारी गरेको विवादित नक्सा र भारतद्वारा अतिक्रमित नेपाली भूमिबारे छलफल गर्ने एजेन्डा नै नरहेको प्राप्त समाचारमा जनाइएको छ।

सीमा विवाद फेरि एकपटक चर्किएको बेला बस्न लागेको सीमा सुरक्षा बैठकमा नेपालको सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बल (एसएसबी)का प्रमुखसहितका अधिकारीहरु सहभागी हुनेछन् । बैठकमा पेस गर्ने एजेण्डा तयार पारेर सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनालले गृह मन्त्रालयमा पेस गरेका छन् । सो प्रस्ताव गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयमा बुझाएको छ ।

नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, कालापानीलगायतका भूभाग आफ्नो क्षेत्रमा पारेर भारतले हालै नयाँ नक्सा सार्वजनिक गरेपछि भारतविरुद्ध नेपालीको आक्रोश बढेको छ । सरकारले समेत कालापानी, लिपुलेकलगायत भारतले मिचेको भूभाग नेपालकै भएको भन्दै भारतको नक्सा सच्याउन कूटनीतिक पहल गर्ने बताएको छ । तर, भारतले भने आफूले जारी गरेको नक्सा सही भएको दाबी गर्दै आएको छ ।

हरेक वर्ष आयोजना हुनुपर्ने नेपाल-भारत सीमा सुरक्षा बैठक नियमित हुन सकेको छैन । २०६९ सालयता जम्मा तीनपटक सीमा सुरक्षा बैठक बसेको छ ।

२०६९ सालमा भारतमा पहिलो बैठक बसेको थियो । त्यसपछि दोस्रो बैठक २०७२ सालमा नेपालमा बसेको थियो । २०७३ साल साउन अन्तिम साता भारतको नयाँदिल्लीमा तेस्रो बैठक बसेको थियो । चौथो बैठक आउँदो मंसिर पहिलो साता पोखमा बस्न लागेको हो ।


(२०७६ कार्तिक २९, शुक्रबार) ०९:३८ मा प्रकाशित

मुख्य समाचार

सबै

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस बारेमा गुत्थी कुरो.....

विवादित हिन्द प्रशान्त रणनीतिलाई सहयोग गर्न अमेरिकाको आग्रह, नेपाल सकारात्मक रहेको उपप्रधानमन्त्री पोख्रेलको भनाई

नेपालमा ब्यापक बिरोध भैरहेको अमेरिकाको हिन्द प्रशान्त रणनीतिप्रति सकारात्मक बनिदिन अमेरिकाले नेपाललाई आग्रह गरेको छ। एशिया प्रशान्त क्षेत्रका लागि सुरक्षा मामिलासम्बन्धी अमेरिकी.....

न्यायाधिश हुन न्याय परिषदबाट बैदिकको राजिनामा, बार एशोसिएशनको आपत्ति

सर्बोच्च अदालतको न्यायाधिश बन्न न्यायपरिषदका सदस्य पदमप्रसाद वैदिकले राष्ट्रपति समक्ष राजीनामा बुझाएका छन् । एक वर्ष कार्यकाल बाँकी रहँदै वैदिकले बुधबार राष्ट्रपति कार्यालयमा.....

Exchange Rate

Nepali Patro