बिप्लवका नेता कार्यकर्ता खोज्न हिंडेका घुमुवा प्रहरीद्वारा बालिकामाथि हातपात गरेको आरोप, बालिका त्रशित

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २८, बिहीबार) १८:४१

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न गाउँ पसेका सादा पोशाकका प्रहरीमाथि बालिकामाथि हातपात गरेको आरोप लागेको छ।

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता खोजि गर्न पुगेका सादा पोशाकका प्रहरीले अर्चलेस्थित एक कुखुरा फार्ममा काम गर्ने १५ वर्षिया बालिकालाई हातपात गरेको पिडित बालिकाले जनसंचार डट कमलाई जानकारी दिएकी छिन।

उनले आफु ‘भान्सा कोठामा भात पकाउन लागिरहेका बखत सादा पोशाकमा आएका ४/५ जना मध्येको एकले आफुलाई हातपात गरेको र त्यो देखेपछि छुटाउन गएकी आफ्नी बहिनीलाई समेत ती प्रहरीले कपाल कुइन्याएर धकेलेको’ बताइन।  उनले अघि थपिन, “मेरो दिदीलाई के गर्नु भएको छाड्नुस, भन्दै थिइन, कपाल कुइन्याएर धकेले। ”

मैले छिमेकीलाई बोलाउन भनेपछि आफुलाई छाडेर सादा पोशाकका प्रहरी भागेको उनको भनाइ रहेको छ।  गाउँले जम्मा भएपछी आएका सादा पोशाकका प्रहरीले “आफुहरुले त्यस्तो नराम्रो केही नगरेको” जिकिर गरेका थिए।  उनीहरुले “त्यस क्षेत्रमा बिप्लवको कार्यक्रम रहेको थाहा पाएर त्यहाँ आएको” जानकारी दिंदै “आफुहरुले त्यस्तो कुनै नराम्रो काम नगरेकाले गलत अर्थ नलगाइदिन” अनुनय गरेका बताइएको छ।

सादा पोशाकका प्रहरीले हातपात गरेको भनिएकी बालिका रातभर त्रसित हुँदै वान्ता समेत गरेको र बेहोश भएपछी राती नै लेखनाथ सामुदायिक अस्पतालमा उपचारका लागि ल्याइएको थियो।

उक्त घटनाको जानकारी पाउना साथ घटनास्थल पुगेको डांडानाक प्रहरी चौकीका प्रहरीले पिडित बालिकालाई बेहोश अबस्थामा अस्पताल ल्याएको थियो भने पिडित पक्षलाई उजुरी दिन बिहिबार बिहान प्रहरी चौकीमा आउन भनेको थियो।

सामान्य उपचारपछि घर फर्किएकी ती बालिका बिहीबार पनि त्रसित बन्दै “पेट दुख्यो, रिंगटा लाग्यो ” भनेपछि उपचारका लागि पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरामा ल्याइएको पिडित बालिकाकी आमाले जानकारी दिइन। तर अस्पतालका डाक्टरले ग्यास्त्रिककाकारण पेट दु:खेको भनेको उनले बताइन।

यसैबीच, बिहिबार डांडानाक प्रहरी चौकीमा उजुरी दिन जाने तयारी गरेकी पिडित बालिकाकी आमालाई उजुरी नदिन दबाब दिइएको समाचार स्रोतले जानकारी दिएको छ।  हातपात गर्ने प्रहरीको प्रभावमा परेका एक व्यक्तिको दबाबमा पिडित बालिकाकी आमाले उजुरी दिन आनाकानी गरेको बताइएको छ।  ती व्यक्तिले”त्यस्तो सानातिना घटनाका बारेमा उजुरी सुजुरी गरिदैन” भनेको एक पत्रकारले जानकारी दिए।

त्यस घटना सम्बन्धमा यथार्थ जानकारी लिन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्की र प्रबक्ता डिएसपी राजकुमार केसीसँग मोबाइल सम्पर्क गर्दा फोन उठेन।  कास्की प्रहरी प्रमुख एसपी कार्कीले “text me” भनेर एसएमएस गरेका थिए।  त्यसको जवाफमा “लेखनाथको अर्चलेमा सादा पोशाकका प्रहरीले बालिकामाथि गरेको हातपातका बारे यथार्थ जानाकारी पाउन सकिन्छ कि ?” भनेर जनसंचार डट कमले एसएमएस गरेको थियो।  तर एसपी कार्कीले यो समाचार तयार पार्दासम्म साँझ ६.३० बजेसम्म जनसंचार डट कमलाई कुनै जानकारी दिएका छैनन्।

 

बालिकालाई हातपात गरेको आरोप लागेका एक जुनियर अधिकृतले जनसंचार डट कमसंग आफुले कुनै हातपात नगरेको जिकिर गरे। आफुले पांच मिटर परबाटै सोधखोज गरेको दाबी गरे।

गाउँले जनतासामु त्यति बेला आफु गलत मान्छे नभएको जिकिर गर्दै हात जोडेर माफी मागेका ती जुनियर अधिकृतले आफु पछि पनि काम लाग्न सक्ने भन्दै जनसंचार डट कमसंग आफुलाई बचाइदिन अनुरोध गरेका छन्।

 


(२०७६ कार्तिक २८, बिहीबार) १८:४१ मा प्रकाशित

मुख्य समाचार

सबै

अनियमितताको आरोप लागेका एआइजी बस्नेतमाथिको कारबाहीमा ढिलाई

प्रहरीमा तल्लो तहका प्रहरीमाथि कारबाही हुने तथा माथिल्ला अधिकारीमाथि कारबाही हुँदैन भन्ने मान्यता स्थापित हुँदै गएको छ।  तल्लो दर्जाका प्रहरी कर्मचारीलाई सानो गल्ती वा अनियमिततामा संलग्न देखिए तुरुन्त.....

घुस मागेको आरोप लागेपछि दोलखाका सिडियो रिजाल काठमाण्डौ तानिए

न्याय सम्पादन गर्ने क्रममा घुस मागेको आरोप लागेपछि दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग रकम असुली गरेको.....

पोखराका पत्रकारहरु माथिको प्रहरी आतंक बन्द गर : ओम हमाल

पोखरामा डन पत्रकार भनेर चिनिने पत्रकार राजेन्द्र अधिकारी उपनिर्वाचनको मुखदेखि अचानक फेसबुक र मोबाइल बन्द गरेर लापत्ता भए। उनी किन गुमनाम भए सबैको चासोको बिषय थियो।  तर कोही कसैलाई यस.....

Exchange Rate

Nepali Patro