अत्याधुनिक अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २८, बिहीबार) १६:४२

अत्याधुनिक पेस्तोलसहित दुई जनालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ।  हाल इलाका प्रहरी कार्यालय भण्डारा चितवनको हिरासतमा रहेका अभियुक्तहरुमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर केसी र सल्यानको रिम गाउँपालिका–५ बस्ने ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।

उनीहरुको साथबाट मेडइन युएसए लेखिएको अटोमेटिक पेस्तोल एक थान र लोड गरिएको अवस्थामा ५ राउण्ड गोली बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

पूर्वीचितवनको राप्ती नगरपालिका–६ हर्दीस्थित पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा ८५ प ८०८४ नम्बरको मोटरसाइकलमा सवार उनीहरुको खानतलाशी क्रममा उक्त अत्याधुनिक हतियार बरामद गरिएको प्रहरीको भनाई छ।

राप्ती नगरपालिका–६ हर्दीमा गस्तीमा रहेको भण्डारा प्रहरी कार्यालयका प्रहरीलाई देखेपछि भाग्न खोजेपछि रोकेर खानतलाशी गरिएको प्रहरीको दाबी छ।

उनीहरुले के प्रयोजनका लागि उक्त हतियार लिएर हिंडेका हुन् भन्ने बारेमा आबस्यक अनुसन्धान चलिरहेको प्रहरीले जानकारी दिएको छ ,


(२०७६ कार्तिक २८, बिहीबार) १६:४२ मा प्रकाशित

मुख्य समाचार

सबै

चितवनमा अदो दुर्घटना : पाँचको मृत्यु, एक घाइते

चितवनको राप्ती नगरपालिका ५ चेपाङ मार्गस्थित भित्रि सडक खण्डमा  शनिबार साझ सवा ६ बजे भएको अटो दुर्घटनामा परि पाँच जनाको मृत्यु भएको छ । चौकी डाँडातर्फ जाँदै गरेको ना १ह ६४०९ नं. को अटो आफै अनियन्त्रित भई.....

ऐतिहासिक लत्रेपिपलमा माफियाहरुको आँखा, कटान गर्न निबेदन

कानुन विपरीत सार्वजनिक जग्गा दर्ता गरेर प्लटिंग गरेका माफियाहरुको आँखा ऐतिहासिक तथा पुरातात्विक महत्वको लत्रेपिपलमा परेको देखिएको छ। २०५५/०५६ सालसम्म प्रति रहेको पुतलीबजार नगरपालिका.....

राखेपका पदाधिकारीको लापवाही : साग प्रतियोगितास्थलमा बिस्फोट, बालक घाईते

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)अन्तर्गत कुस्ती खेल भइरहेको जनकपुरमा पटाका विष्फोट हुँदा एक बालक गम्भीर घाइते भएका छन्। कुस्ती प्रतियोगिता भइरहेको स्थल कभर्ड हल नजिकै.....

Exchange Rate

Nepali Patro