तारेखमा छुटाउन रकम ‘वार्गेनिङ्ग” गरेको आरोपमा सर्बोच्च अदालतका नासु खड्का पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २१, बिहीबार) ०४:३२

अख्तियारले सर्बोच्च अदालतका कर्मचारीलाई पहिलो पटक घुस मागेको आरोपमा पक्राउ गरेको छ। बैंकिङ कसुर र अनियमिततामा मुद्दा चलाइएका कर्णाली प्रदेशका तत्कालीन भौतिक पूर्वाधारमन्त्री खड्गबहादुर खत्रीसँग मुछिएका आरोपी देवजंग शाहीलाई साधारण तारेखमा राख्ने प्रयोजनका लागि पैसाको ‘बार्गेनिङ’ गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतका नायब सुब्बा सुधीर खड्कालाई पक्राउ गरेको हो ।

नासु खड्कालाई अख्तियारको टंगालस्थित हिरासतमा राखिएको छ। उनलाई थुनामा राखेर अनुसन्धान गर्न विशेष अदालतले अख्तियारलाई १५ दिनको अनुमतिसमेत दिएको छ। ‘घुस रिसवतमा समातिएको भनेर मंगलबार उहाँलाई थुना अनुमतिका लागि अख्तियारले २० दिनको म्याद मागेको थियो। अदालतबाट १५ दिनको थुना म्याद दिइएको छ,’ विशेष अदालतका उपरजिस्ट्रार इन्द्रकुमार खड्काले भने, ‘उहाँलाई १८ गते पक्राउ गरेको जानकारी अख्तियारले दिएको छ।’

भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले पुर्पक्षका लागि थुन्न पठाएका अभियुक्तलाई छुटाइदिन रकम वार्गेनिङ्ग भैरहेको भन्दै अभियुक्तकै आफन्तले अख्तियारलाई दिएको सूचनाका आधारमा नासु खड्का पक्राउ परेको बताइएको छ।

सर्वोच्चका अधिकारी भने यस विषयमा बेखबर छन्।सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले आफू अस्पतालमा रहेकाले यस विषयमा जानकार नभएको बताए।

यता, सर्वोच्च नजिकै रहेको महान्यायाधिवक्ता कार्यालय, नेपाल बार एसोसिएसन र कर्मचारी ट्रेड युनियनको कार्यालयमा भने भित्रभित्रै चर्चा चुलिएको छ।

सर्वोच्च अदालतको आधिकारिक ट्रेड युनियनका सचिव हरि भट्टराईले नासु खड्का पक्राउ परेको बारे अनौपचारिक जानकारी आएपनि ‘रिसवत लिए-नलिएको, कसरी कहाँबाट समातेको भन्ने कुरा थाहा पाउन नसकिएको ’ जानकारी दिए। समाचार स्रोत अन्नपुर्णपोस्ट डट कम 


(२०७६ कार्तिक २१, बिहीबार) ०४:३२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

अत्याधुनिक अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

अत्याधुनिक पेस्तोलसहित दुई जनालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ।  हाल इलाका प्रहरी कार्यालय भण्डारा चितवनको हिरासतमा रहेका अभियुक्तहरुमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत ३७ वर्षीय मधुकर.....

भारतीयद्वारा सिमानामा रहेको मठिया प्रहरी चौकीमा बम प्रहार, सेन्ट्रीमा बसेका प्रहरी घाइते

भारतले नेपाली भुमि कालापानी हडपेको बिरोधमा नेपालमा आन्दोलन चलिरहेका बेला रौतहट जिल्लाको इशनाथ नगरपालिका–४ स्थित सिमानामा रहेको मठिया प्रहरी चौकीमा भारतीय नागरिकले बम प्रहार गरेका.....

सर्बोच्च अदालतको आदेश लत्याउंदै ने.क.पा. कास्कीका इन्चार्ज रुपेश अदालत गेटबाट फेरी गिरफ्तार, म्याग्दी लगिंदै

विप्लव नेतृत्वको ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले "रूपेश"लाई अाज फेरी सर्बोच्च अदालतको गेटबाटै गिरफ्तार गरिएको छ।  बन्दी प्रत्यक्षीकरण मुद्दामा उनलाई आज सर्बोच्च अदालतले रिहा गर्न.....

Exchange Rate

Nepali Patro