सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने नवनियुक्त प्रदेश प्रमुख शेरचनको प्रतिबद्धता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २१, बिहीबार) ०३:४२

गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनले सत्ता बाहिर रहेका दलहरुसंग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। पोखराको शहिदचोक स्थित गण्डकी प्रदेश प्रमुखको कार्यालयमा पुगि पदभार ग्रहण गर्दै नवनियुक्त गण्डकी प्रदेशका प्रदेश प्रमुख शेरचनले यस्तो कुरा बताएका हुन्।  उनले नेपालको संविधान अनुसार काम गर्ने पनि बताए । उनले देशमा विभिन्न खाले समस्याहरु अगाडी रहेको भन्दै त्यसलाई सबै मिलेर हल गर्ने बचन दिए ।

उनलाई स्वागतका लागि पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यबाहक मुख्यमन्त्री किरण गुरुङ, गण्डकी प्रदेशका सभामुख, कर्मचारी, दलका प्रतिनिधिहरुले स्वागत गरेका थिए । उनलाई प्रदेश कार्यलयमा नेपाली सेनाले सलामी दिँदै स्वागत गरेको थियो ।

मंगलबार राष्ट्रपति विद्यादेवि भण्डारीसँग सपथ ग्रहण शेरचन बुधबार पोखरा आएका हुन् ।


(२०७६ कार्तिक २१, बिहीबार) ०३:४२ मा प्रकाशित

Exchange Rate

Nepali Patro