बिप्लव नेतृत्वको ने.क.पा.भित्र ब्यापक मात्रामा सरकारी सुराकी !

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ कार्तिक २०, बुधबार) ११:११

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा ब्यापक मात्रामा सरकारी सुराकीहरु छिरेको चर्चा चलिरहँदा दाङको राजापुरमा चलिरहेको राप्ति ब्युरो बैठकबाट मध्यपश्चिम कमाण्ड इन्चार्ज बिरजंगसहित २१ जना नेता तथा कार्यकर्ता गिरफ्तारीमा पार्टी कार्यकर्ताको रुपमा काम गरिरहेका सरकारी सुराकीको हात रहेको तथ्य बाहिर आएको छ।

युवा संगठन नेपालको जिल्ला सदस्य रहेका युवाले प्रहरीलाई सूचना दिएर दाङको राजापुरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका २१ जना नेता पक्राउ गराएको समाचारहरु सार्वजनिक भएका छन्।  सार्वजनिक समाचारका अनुसार, पार्टीविरुद्ध सुराकी गरेर आफ्ना नेता तथा कार्यकर्ता गिरफ्तार गराउने चार जना आफ्नै कार्यकर्तालाई बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्नो नियन्त्रणमा लिएको छ। तर उनीहरुको बारेमा कुनै विवरण सार्वजनिक गरिएको छैन।  यस बारेमा नेपाल कम्युनिष्ट पार्टीले पनि कुनै आधिकारिक धारणा बाहिर ल्याएको छैन।

समाचार श्रोतलाई उल्लेख गर्दै सार्वजनिक गरिएको समाचार अनुसार, पार्टी अनुसन्धानबाट ती कार्यकर्ताले ‘गद्दारी’ गरेको पुष्टि भइसकेको छ ।

दुई तहको सेन्ट्री राखिएकोमा शुरुमा बसेको पहिलो तहको सेन्ट्रीमा रहेका युवाले अनुसन्धानका एक इन्स्पेक्टरलाई खबर गरिदिएको बताइएको छ।  सुरक्षामा खटिएका र सेन्ट्रीमा बसेका तिनी लगायतका कार्यकर्ताले नै प्रहरीलाई नेताहरू सुतिरहेको ठाँउसम्म पुर्‍याउन सहयोग गरेका थिए।

सुरूमा बाँके जिल्लाको नेपाल-भारत सीमा क्षेत्रमा सरसामान तथा लागुपदार्थ ओसारपसारको काम गर्दै आएका ती युवालाई प्रहरीले पक्राउ गरी ने.क.पा.बिरुद्ध सुराकी गर्ने शर्तमा छाडेको हुनसक्ने बुझाई बिप्लव नेतृत्वको ने.क.पा.को छ।

लामो समयदेखि पार्टी सम्पर्कमा रहेका उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टीले पनि स-सानो जिम्मेवारी दिँएको थियो । उनीहरूले ‘पार्टीका आन्तरिक बैठकमा पनि आउजाउ गर्ने अवसर पाएका थिए।

उनीहरुकै सुराकीका आधारमा राजपुरको जंगल क्षेत्रमा एकान्त पर्ने घरमा राति सुतिरहेको बेला असोज ३० गते विप्लवका दाजु ‘वीरजंग’ सहित राप्ती ब्युरोका २१ जना माथिल्लो तहका नेतालाई प्रहरीले गिरफ्तार गरेको थियो।

प्रहरीले कमाण्ड इन्चार्ज बीरजंग सुतेकै घरलाई लक्षित गरेर घेरा हालेपछि वरपरको घरमा सुतेका अन्य नेताहरू भाग्न सफल भएको उनले बताए। प्यूठान, रोल्पा, सल्यान र रूकुम जिल्लाका इञ्चार्ज र सेक्रेटरी भाग्न सफल भएको समाचार स्रोतलाई उल्लेख गरिएको छ।

पार्टीको नियन्त्रणमा परेका भनिएका युवाका अविभावकले समेत उनीहरूबारे जानकारी पाएका छैनन्। भूमिगत रूपमै पार्टीमा काम गर्दै आएकाले ती युवा अहिले कहाँ छन् भन्नेबारे परिवारसमेत अनविज्ञ रहेको बताइएको छ।

दाङका प्रहरी प्रमुख एसपी जनक भट्टराईले चार युवा विप्लव समूहको नियन्त्रणमा रहेकोबारे जानकारी नआएको बताए। ‘घर परिवार र कतैबाट हालसम्म प्रहरीमा त्यस्तो कुनै जाहेरी परेको छैन। फोनमा समेत कसैले कुनै खालको सूचना दिएको छैन। त्यसैले त्यो हो भन्ने विश्वास लाग्दैन,’ एसपी भट्टराईले भने।

त्यसो त पार्टीभित्र ब्यापक मात्रामा सरकारी सुराकीहरु छिरेको र पार्टीका गोप्य सुचनाहरु चुहिएको पाइएपछि बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले १७ जना केन्द्रिय सदस्यहरुलाई कारवाही गरी पार्टीबाट निष्कासन गरेको छ।  त्यस्तै गतिबिधि गर्ने हरेक तहमा रहेका पार्टीका नेता तथा कार्यकर्तालाई कारवाही गरी पार्टीबाट निष्कासन गर्ने नीति बिप्लव नेतृत्वको ने.क.पा.ले लिएको समाचार श्रोतको दाबी छ।

सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आएको बिप्लव नेतृत्वको ने.क.पा. केही समय यता केही कमजोर बन्दै गएको सरकारको विश्लेषण छ।  ने.क.पा.भित्र छिराइएका सरकारी सुराकीहरुकाकारण ने.क.पा.का नेता तथा कार्यकर्ताहरु ब्यापक मात्रामा गिरफ्तार हुँदै गएका छन्। यही कारण पार्टीको सशक्त उपस्थिति रहेको भनिएको गण्डक, राप्ति, उपत्यका र कोशी ब्युरो पहिलेको भन्दा केही कमजोर भएको ने.क.पा.का नेता तथा कार्यकर्ताले अनुभव गरेका छन्।

एकातिर पार्टीभित्र छिरेका सरकारी सुराकीहरुले बिप्लाव्का हरेक सुचना सरकारलाई दिईरहेका छन् भने सरकारले बिप्लव नेतृत्वको ने.क.पा. भित्र बिना शर्त सरकारसंग वार्ता गर्न पर्छ भन्ने समुहलाई सरकारले उपयोग गरेको देखिएको छ। प्रहरी हिरासतमा वा कारागारमा रहेका बिप्लव नेतृत्वको ने.क.पा.का नेता तथा कार्यकर्ताले “सरकारसंग बिना शर्त वार्ता गर्नुपर्छ” भनेर बिज्ञप्ति निकाल्यो भने उसले जति ठुलो अपराध गरेको भए पनि सरकारले उन्मुक्ति दिने गरेको छ। अधिकांश यस्ता कार्यकर्ता आर्थिक लेनदेन र सांस्कृतिक बिचलनको आरोप लागेका देखिन्छन।

यसरी सरकारी निगाहमा उन्मुक्ति पाएका र पछि सरकारी नेकपामा प्रवेश गरेका नक्कली क्रान्तिकारी नेता तथा कार्यकर्ताले पार्टीभित्र रहेका सक्कली क्रान्तिकारीका बारेमा सरकारलाई सुचना दिएर गिरफ्तार गराउने प्रबृत्ति देखिएको छ। जो अहिले पनि झुट्ठा मुद्दामा प्रहरी हिरासत र जेलको यात्रा गरिरहेका छन्।

 

 

 


(२०७६ कार्तिक २०, बुधबार) ११:११ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro