भारतद्वारा नेपाली रास्ट्रियतामाथि धावा : नेपाली भुमी लिपुलेक र कालापानी भरातको नक्शामा

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ कार्तिक २०, बुधबार) ०९:२०

भारत सरकारले जम्मू–कश्मीरलाई केन्द्र शासित प्रदेश बनाएपछि जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग लिपुलेक र कालापानी क्षेत्र समेटेर नेपाली रास्ट्रियतामाथि धावा बोलेको छ।

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको नक्सासमेत समावेश गरिएको छ र नेपाल–चीन सीमाना समेत कोर्ने प्रयास गरिएको छ । भारतीय नक्सामा पाकिस्तानलाई पनि समेटिएको छ । तर, पाकिस्तानी सरकारले यसलाई खारेज गरिएको घोषणा गरिसकेको छ ।

तर नेपाल सरकारले यस बारेमा केही बोलेको छैन। नापी विभागका सूचना अधिकारी दामोदर ढकाल”‘यसबारे अध्ययन भइरहेको छ, अध्ययन नभई यसै भन्न नसकिने ” बताउञ्छन  ।

यसैवीच पूर्वपरराष्ट्रमन्त्री समेत रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ट्वीट गर्दै भारतले जारी गरेको नयाँ नक्सामा कालापानी र लिपुलेक परेको देखिएको ठोकुवा गरेका छन् ।

थापाले प्रधानमन्त्री केपी ओलीलाई समेत मेन्सन गर्दै ट्वीटमा लेखेका छन्, ‘कालापानी, लिपुलेक नेपालको अविभाज्य भूमि हो । भारतले सो भूभाग अनधिकृतरुपमा कब्जा गरेकोमा नेपालले निरन्तर विरोध गर्दै आएको छ । हालै भारत सरकारले जारी गरेको नयाँ नक्सामा उक्त भूभाग भारतमा पारेको देखिन्छ । यो आपत्तिजनक र अस्वीकार्य कार्यको तत्काल सशक्त प्रतिवाद गर्न प्रधानमन्त्रीको ध्यान जाओस् ।’

त्यसैगरी नेपाल मजदुर किसान पार्टीले पनि वक्तव्य जारी गर्दै आपत्ति जनाएको छ ।

 

 

 


(२०७६ कार्तिक २०, बुधबार) ०९:२० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro