ने.क.पा. कास्कीका तात्कालीन सेक्रेटरी आक्रोश लगायत तीन नेता अदालतको आदेश लत्याउदै सर्बोच्च गेटबाट फेरी गिरफ्तार

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ कार्तिक २०, बुधबार) ०८:१४

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका तात्कालीन सेक्रटरी आक्रोश लगायत तीन जनालाई सर्बोच्च अदालतको आदेशलाई लत्याउन्दै मंगलबार फेरी प्रहरीले सर्बोच्च अदालत अगाडिबाटै गिरफ्तार गरेको छ।  फेरी गिरफ्तार हुनेहरुमा आक्रोश लगायत तात्कालीन जिल्ला कमिटि सदस्यद्वय अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम गण्डक ब्युरो संयोजक मिलन राई र अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य एबम कास्की जिल्ला अध्यक्ष काजी गुरुङ रहेका छन्।

सर्बोच्च अदालतका माननीय न्याधिश्द्वय अनिल कुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलाशले उनीहरुलाई गैर कानुनी थुनामा राखेको ठहर गर्दै रिहा गर्न आदेश दिएको थियो।  जिल्ला प्रहरी कार्यालय बाग्लुङ्गमा प्रहरीमाथि अभद्र ब्यबहार गरेको मुद्दा खेपिरहेका उनीहरुको पक्षमा दायर बन्दी प्रत्यक्षीकरण मुद्दामा बरिष्ठ अधिबक्ता एकराज भण्डारी तथा अधिबक्ताद्वय कान्तिराम ढुंगाना र दयाराम पोख्रेलले बहस गरेका थिए।

सर्बोच अदालतको आदेशले रिहा भएका उनीहरुलाई फेरी गिरफ्तार गरेर जिल्ला प्रहरी कार्यालय नवलपुर लगिएको प्राप्त समाचारमा जनाइएको छ।

गएको जेठ २५ गते कास्की जिल्लाको घान्द्रुकस्थित उरीमा अखिल क्रान्तिकारीको पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटि र जिल्ला कमिटि कास्कीको संयुक्त बैठक बसिरहेको बेला जिल्ला प्रहरी कार्यालय कास्कीवाट खटिई गएको प्रहरीले उनीहरु लगायत २२ जनालाई गिरफ्तार गरेको थियो।

त्यतिबेला गिरफ्तार परेका २२ मध्ये तात्कालीन पार्टी जिल्ला कमिटि सदस्य एबम अन्नपुर्ण गाउपालिका इन्चार्ज सन्तोष परियार ‘परिवर्तन’ले पार्टी परित्याग गरेको घोषणा गरेका छन् भने अन्य रिहा भएका छन्।  तात्कालीन सेक्रेटरी आक्रोश, जिल्ला सदस्यद्वय मिलन राई र काजी गुरुङलाई प्रहरीले तनहुँ, लमजुङ्ग, बागलुङ्ग, स्याङ्गजा, पर्वत जिल्लामा पुर्याएर झुट्ठा मुद्दा लगाउंदै आएको थियो।

 


(२०७६ कार्तिक २०, बुधबार) ०८:१४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना