भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा भरतपुर महानगरका चालक पोखरेल पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक १९, मंगलवार) ०२:२२

भ्रष्टाचारविरोधी अभियन्ता ज्ञानेन्द्र शाहीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले प्रचण्डपुत्री रेणु दाहाल मेयर रहेको भरतपुर महानगरपालिकाका सवारी चालक अविरल पोख्रेल पक्राउ परेका छन्। अविरल पोख्रेल तीन महिनादेखि महानगरपालिकाको चालक भएको खुलेको छ ।

भरतपुर महानगरपालिका–११ निवासी ३२ वर्षीय पोख्रेललाई  प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका पोख्रेलमाथि अनुसन्धान शुरु गरिएको र फरार अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गत असोज ११ गते भरतपुरस्थित चौबिसकोठीमा नेपालका लागि नेपालीले आयोजना गरेको कार्यक्रम शुरू हुनै लाग्दा शाहीमाथि आक्रमण भएको थियो । कार्यक्रम स्थगन भएपछि ग्लोबल होटलबाट बा३ख ८४५८ नम्बरको माइक्रोमा फर्कने क्रममा होटल परिसरमा नै शाहीमाथि आक्रमण भएको थियो ।

आक्रमणकारीहरुलाई भरतपुरकी मेयर रेनु दाहालको संरक्षण रहेको शाही पक्षधरले आरोप लगाउँदै आएका छन् । चितवन प्रहरीसमेत दाहालको इशारामा चलिरहेको उनीहरुको दाबी छ ।

 


(२०७६ कार्तिक १९, मंगलवार) ०२:२२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro