संबैधानिक संकट आउने गरी सरकारद्वारा एकैपटक सातै प्रदेशका प्रमुखहरुलाई बर्खास्त,

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक १७, आईतवार) १८:४८

विश्वकै उत्कृष्ट संबिधान भनिएको “नेपालको संबिधान “नै संकटमा पर्ने गरी दुई तिहाई बहुमत रहेको भनिएको कथित कम्युनिष्ट सरकारले आफ्ना कार्यकर्ता भर्ती गर्न गणतान्त्रिक संबिधान बमोजिम प्रथम पटक नियुक्त सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । केपी शर्मा ओलीको नेतृत्वमा रहेको कथित कम्युनिष्ट सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज सातै प्रदेशका प्रदेश प्रमुखरुरुलाई पदमुक्त गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको घोषणा वमोजिम प्रदेश १ का प्रा. डा. गोविन्दबहादुर तुम्बाहाङ, २ का रत्नेश्वरलाल कायश्थ, ३ की अनुराधा कोइराला, गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवर, प्रदेश ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गाकेशर खनाल र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख मोहनराज मल्ल पदमुक्त भएका छन् ।

मन्त्रिपरिष्दको आइतबार बसेको बैठकले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्न सिफारिस गरेको थियो । संविधानको धारा १६५ को उपधारा १ को खण्ड अनुसार प्रदेश प्रमुखहरुलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

संविधानको धारा १६५ को उपधारा १ को (ख) मा प्रदेश प्रमुखको पदावधि सकिनुअगावै राष्ट्रपतिले निजलाई पदमुक्त गर्न सक्ने व्यवस्था छ । यही व्यवस्थाअनुसार राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई एकसाथ पदमुक्त गरेकी हुन् ।

संविधानको धारा १६५ अनुसार प्रदेश प्रमुखहरुले राष्ट्रपतिसमक्ष लिखीत राजीनामा दिएमा पदमुक्त हुने व्यवस्था छ । संविधानको धारा १६५ ले सबै प्रदेशका प्रमुखहरु एकैसाथ पदमुक्त हुने परिकल्पना गरेको छैन । तर, राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई एकैपटक पदमुक्त गरेसँग अब उनीहरुको कार्यभार कसले सम्हाल्ने भन्ने प्रश्न उब्जेको छ ।

तत्कालै नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति नभएमा संवैधानिक जटिलता आउने देखिएको छ । किनभने, संविधानको धारा १६५ को (२) मा भनिएको छ,’कुनै प्रदेशको प्रदेश प्रमुखको पद रिक्त भएको अवस्थामा प्रदेश प्रमुखको नियुक्ति नभएसम्मका लागि राष्ट्रपतिले अर्को कुनै प्रदेशको प्रदेशलाई त्यस्तो प्रदेशको समेत कामकाज गर्ने गरी तोक्न सक्नेछ ।’

अब राष्ट्रपतिले सबै प्रदेशका प्रदेश प्रमुखहरुलाई एकसाथ पदमुक्त गरिसकेपछि रिक्त कार्यभार कसले निर्वाह गर्ने भन्ने संवैधानिक प्रश्न उब्जेको छ ।

देश संघीय प्रणालीमा गएसँगै सातवटै प्रदेशमा प्रदेश प्रमुखको पद सिर्जना भएको हो । संविधानको धारा १६३ अनुसार प्रदेश प्रमुखलाई प्रत्येक प्रदेशमा सरकारको प्रतिनिधिका रुपमा हेरिन्छ । राष्ट्रपतिसँग सपथ खाने प्रदेश प्रमुखहरुलाई राष्ट्रपतिले जुनसुकै बेला पदमुक्त गर्न संविधानले छुट दिएको छ ।

राष्ट्रपतिले वीचैमा नहटाएको अवस्थामा प्रदेश प्रमुखको कार्यकाल ५ वर्षको हुनेछ । तर, सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई दुई वर्ष नपुग्दै हटाइएको छ ।

त्यसो त तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले २०७४ माघ ३ गते प्रदेश प्रमुखहरु नियुक्त गरेको थियो । चुनावलगत्तै दुई तिहाई बहुमत पाएको प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो ।

त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य उल्ट्याइदिएपछि सरकार रोकिएको थियो ।

प्रदेश प्रमुखहरु एकसाथ हटाउनुको कारणबारे राष्ट्रपतिको विज्ञप्तिमा केही पनि उल्लेख छैन । तर, देउवा सरकारका पालाका नियुक्त भएका कारण नेकपा सरकारले राजनीतिक आस्थाका आधारमा प्रदेश प्रमुखहरुलाई हटाइएको विश्लेषण विपक्षी पार्टीका नेताहरुले गरेका छन् ।


(२०७६ कार्तिक १७, आईतवार) १८:४८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro