नेपाली सेनामा सैनिक जवान भर्ना छनौट प्रक्रियामा ब्यापक लेनदेन तथा अनियमितता हुने गरेको खुलासा

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ कार्तिक ६, बुधबार) १६:१५

नेपाली सेनाको भर्ना छनौट प्रक्रियामा ब्यापक लेनदेन तथा अनियमितता हुने गरेको खुलासा भएको छ। भर्ना प्रकि्रयामा सैनिककै संलग्नतामा कीर्ते तथा आर्थिक लेनदेन भएको आशंकामा नेपाली सेनाले अनुसन्धान गरी कारबाही प्रकि्रया अघि बढाएपछि यस्तो खुलासा भएको हो ।

गत साउन १९ गते सूचना प्रकाशित गरेर नेपाली सेनाले पाँच हजार आठ सया जनाका लागि देशभरका ४० भर्ना केन्द्रबाट परिक्षा प्रक्रिया शुरु गरेको थियो।

जंगी अड्डाका अनुसार ४ जना सैनिक र अन्य २३ जना गैरसैनिकहरुमाथि अनुसन्धान भइरहेको छ ।

उत्तर पश्चिम पृतना हेडक्वाटरको केन्द्रमा नक्कली परिचय पत्र बनाइ कीर्ते गर्ने ३ जना र श्री नम्बर ५ बाहिनी अड्डा, कैलालीको केन्द्रमा आर्थिक लेनदेन गरेको आशंकमा एक जना सैनिकमाथि अनुसन्धान भइरहेको जंगी अड्डाले जानकारी दिएको छ ।

उत्तर पश्चिम पृतनाकै केन्द्रमा नक्कली परीक्षार्थी पठाएर परीक्षा दिन लगाउने ६ जना र ९ जना नक्कली परीक्षाथीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । केही व्यक्तिको खोजी भइहरेको नेपाली सेनाले जनाएको छ ।

यस्तै, जुम्लामा रहेको श्री नम्बर २४ बाहिनी अड्डा र कैलालीमा रहेको श्री नम्बर ५ बाहिनी अड्डाको केन्द्रबाट ४ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । उनीहरुलाई परीक्षा दिन लगाउने वास्तविक परीक्षार्थी भने फरार छन् ।

अन्य ३ वटा भर्ना केन्द्रमा पनि आर्थिक लेनदेनमा संलग्न ४ जना गैरसैनिक व्यक्ति पक्राउ परिसकेको नेपाली सेनाले जनाएको छ । स्रोत अनलाइन खबर


(२०७६ कार्तिक ६, बुधबार) १६:१५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कालापानी मिचिएको बिषयमा सर्वोच्च अदालतद्वारा सरकारसंग लिखित जवाफ माग

नेपाली भुमी कालापानी मिचिएको विषयमा सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको एकल इजलासले लिखित जवाफ पेश गर्न नेपाल सरकार लगायत विपक्षीहरुलाई भनेको हो.....

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

Exchange Rate

Nepali Patro