पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक ५, मंगलवार) ०७:२१

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी इन्टरकलेज व्यवस्थापन समिति अन्तरगतको आर्य विद्या प्रसार समितिको वहालवाला अध्यक्ष पनि हुन्।

आज प्रकाशित नया पत्रिका दैनिकका अनुसार, सन् २०१६ मा भएको इन्टरकलेज व्यवस्थापन समिति को चुनावमा उनले आफ्नो स्थायी ठेगाना आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुर उल्लेख गरेका छन् र सन् २०१८ को डिसेम्बरमा भएको इन्टरकलेज व्यवस्थापन अन्तरगतको आर्य विद्या प्रसार समितिको समितिको चुनावमा भने उनी निर्वाचित भएका थिए । हाल उनी समितिको अध्यक्षकै हैसियतमा बहाल छन् ।

निर्वाचित भएलगत्तै हिन्दी भाषामा शपथ खाँदा कँडेलले आफू भारतको ३३ कसाया रोड, बेतिया हाता, जनपद गोरखपुरको बासिन्दा भएको व्यहोरा उल्लेख गरेका छन् । आफूले दिएको विवरण गलत भए भारतको संविधानअनुसार कारबाही भोग्न तयार रहेको स्वघोषणा पनि उनले शपथमा गरेका छन् ।

शपथपत्रमा उनले भनेका छन्, ‘मिनजानिब देवेन्द्रराज कँडेल (उपप्रबन्धक/उपमन्त्री व कार्यवाहक अध्यक्ष/चेयरमैन) पुत्र स्व. पृथ्वीराज कँडेल–३३ कसया रोड, बेतिया हाता, जनपद–गोरखपुर– शपथकर्ता स–शपथ निम्न बयान करता है– यह कि हम शपथकर्ता बहलफ बयान करता हूँ व कसम खाता हूँ कि हम शपथकर्ताका उपरोक्त नाम, पद, पिताका नाम व पता जो उपर दर्ज हैं सही व सच है ।’

यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनमा नेपाल प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ । कँडेल आफैँले भारतीय नागरिक घोषणा गरेर उत्तरप्रदेशको कलेज सञ्चालक समितिको अध्यक्षका रूपमा शपथ खाएको विषयमा अख्तियारमा उजुरी परेको छ । अख्तियारले यो विषयमा अनुसन्धान गर्न निर्देशन दिएपछि नेपाल प्रहरीको सिआइबीले अनुसन्धान टोली खटाएको छ । सिआइबीको टोली स्थलगत अनुसन्धान गर्न गोरखपुर पुगेर फर्किएको छ । क“डेलले भारतीय नागरिकका रूपमा भारतीय कानुनअनुसार शपथ खाएको प्रमाण पनि भेटेको छ ।

सन् २०१६ अगस्टमा भएको निर्वाचनमा समेत कँडेल उम्मेदवार बनेका थिए । तर, निर्वाचनमा अध्यक्षका उम्मेदवार देवेन्द्रराज कँडेल र ठूटीबारीका पूर्वप्रधान राजेश सिंहले बराबर मत पाएपछि चुनाव निष्कर्षविहीन भएको थियो । कँडेलले आफू भारतको ३३ कसाया रोड वेतिया हाता जनपथ–गोरखपुर निवासी भएको भनी लिएको शपथपत्र पनि सिआइबीले प्राप्त गरेको छ ।

नेपाल प्रहरी स्रोतले कँडेलसँग भारतको आधारकार्ड, मतदाता परिचय पत्रलगायत प्रमाणपत्र रहेको दाबी गरेको छ । भारतीय मतदाता पनि रहेको दाबी हिन्दुस्तान दैनिकले गरेको छ । हिन्नदुस्तानले २ मे २०१९ मा लेखेको छ, ‘२००४ को निर्वाचनमा पनि क“डेल ठुटीबारीका मतदाता थिए । उनको परिवारका तीन सदस्य अहिले पनि सोही क्षेत्रका मतदाता हुन् । उनीहरूले आगामी निर्वाचनमा पनि मतदान गर्न पाउनेछन् ।’ उनले दोहोरो नागरिकता लिएको विषयमा भारतमा पनि छानबिन भइरहेको छ ।

सांसद कँडेलले गोरखपुर निवासी भनेरै भारतीय सवारीचालक अनुमतिपत्रसमेत लिएका छन् । ‘युपी ५३ २०१४००१४७७३४’ नम्बरको चालक अनुमतिपत्र उनले सन् ११ जुन २०१४ मा नवीकरण गरेका हुन् ।

भारतीय नागरिकता समेत लिएका सांसद कंडेलले नेपालमा नागरिकतामा महिलाको समान अधिकारको विषयमा बहस हुँदा राज्य व्यवस्था समितिमा कँडेलले भनेका थिए, ‘छोरीलाई समान हुन सिकाउनुहुन्न, त्यसो गरे परिवार विघटन हुन्छ, समाज भाँडिन्छ ।’


(२०७६ कार्तिक ५, मंगलवार) ०७:२१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro