भारतीय प्रहरी नेपाल छिरेर नेपाली नागरिक अपहरण, नेपाल प्रहरी मौन

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक ४, सोमबार) ०५:३१

भारतीय प्रहरीले अबैध रुपमा नेपाल छिरेर एक नेपाली नागरिकलाई अपहरण गरेर भारत पुर्याएको छ।  तर यस बारेमा नेपाल प्रहरी मौन रहेको छ।

भारतीय प्रहरी अबैध रुपमा नेपाल छिरेर कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका–२ का ४२ वर्षीय रमजान मुलसमानलाई अपहरण गरी भारत लगेको छ।  नेपाली नागरिक रमजान मुलसमानलाई भारतीय प्रहरीले आइबार साँझ सोही गाउँपालिका १ को पकडीबाट अपहरण गरेको हो।

भारतीय सीमा क्षेत्र चाकर चौडाबाट प्रवेश गरेका भारतीय प्रहरीले रमजान मुलसमानलाई  पक्राउ गरी लवनी हुँदै सीमावर्ती हथिहवा दोहनी नाकाबाट भारततर्फ लगेको हो।

घटनाबारे सीमा क्षेत्र चाकरचौडाका नेपाली सुरक्षाकर्मीहरूलाई भने खासै जानकारी छैन। साँझको समयमा पकडी क्षेत्रबाट रमजानलाई पक्राउ गरी भारतीय नम्बर प्लेटको गाडीमा राखी लगेको खबर प्राप्त भएको इलाका प्रहरी कार्यालय पकडीका प्रहरी निरीक्षक गणेश सुवेदीले बताए।

भारतीय प्रहरीको टोलीले रमजानलाई पक्राउ गरी लगेको खबर आफूहरूलाई पनि प्राप्त भएको प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिए। यस सम्बन्धमा थप बुझ्ने काम भइरहेको उनको भनाई छः ।

अपहरणमा परेका रमजानलाई भारतीय प्रहरीले भारतका विभिन्न स्थानहरूमा अपराधिक क्रियाकलाप गरेको आरोप लगाएको छ। भारतीय प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेका कारण उनलाई पक्राउ गरिएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।


(२०७६ कार्तिक ४, सोमबार) ०५:३१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना