भारतीय विधायकले आलमलाई हिरासतमै भेटे, देउबाले बोली फेरे

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २, शनिबार) १९:०८

दर्जन बढी मनिसलाई जिउदै जलाएर हत्या गरेको अभियोगमा पक्राउ परेका पूर्व मन्त्री तथा काग्रेस सांसद मोहम्मद अफ्ताव आलमलाई पक्राउ गर्नु भनेको नेपाली कांग्रेस र प्रजातन्त्र माथिको आक्रमण हो भनेर आलमको  बचाव गरेका नेपाली  कांग्रेसका सभापति एबम पुर्व प्रधानमन्त्री शेर बहादुर देउबाले २४ घण्टा नबित्दै आफ्नो बोली  फेरेका छन्।  उनले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गरेर मोहम्मद आफताव आलमकेा मुद्दामा पूर्वाग्रह र दबावमुक्त रहेर अनुसन्धान हुनुपर्ने बताएका छन् ।

नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा आलमबारे आफ्नो अभिव्यक्ति विवादमा परेपछि देउवाले विज्ञप्तिमार्फत स्पष्टीकरण दिएका हुन् ।

कुनै पनि गम्भीर मुद्दामा प्रक्रियागत ढिलासुस्ती हुँदा सत्य अन्वेषणमा बाधा पुग्ने भन्दै उनले भने, ‘१२ वर्ष पुरानो मुद्दामा मैले यही संकेत गरेको हुँ तर कानुनी राज्यमिा विश्वास गर्ने कांग्रेस कोहीमाथि पनि जरुरी अनुसन्धानको विपक्षमा उभिन सक्दैन ।’

रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सा‌ंसद आलमको मुद्दामा पनि पूर्वाग्रह र दबाबमुक्त रहेर अनुसन्धान गर्न कांग्रेसले सघाउने उनले बताए । ‘निर्दोष कोही दण्डित नहुने र दोषीलाई उन्मुक्ति नहुन नहुने हाम्रो प्रष्ट मान्यता म सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छु,’ देउवाले भनेका छन् ।

यसैबीच प्राप्त जानकारी अनुसार, जिल्ला प्रहरी कार्यालय रौतहट, गौरको हिरासतमा रहेका आलमलाई शुक्रबार  साँझ भारत बिहारका बिधायक मोहम्मद सर्फुद्धिनले भेट गरेका छन् ।
भारतको जनता दल युनाईटेडका विधायक सर्फुद्धिनले प्रहरी हिरासतमा आलमलाई भेट गरेको समाचार स्रोतले जानकारी दिएको छ।

प्रहरीले भने भारतीय बिधायक सर्फुद्धिन अभियुक्त आलमको सम्धी भएकाले भेट गर्न दिएको दाबी गरेको छ।  नेपाल प्रहरीमा प्रहरी निरीक्षक रहेका आलमका छोरा डा. फिर्दोष आलमले भारतीय बिधायक सर्फुद्धिनकी छोरी बिबाह गरेको बताइएको  छ।

यता नेपाल प्रहरीको चिकित्सा सेवामा कार्यरत डा. फिर्दोष आलमले बिदा लिएर आफ्ना बाबु मोहम्मद आफ़्ताद आलमलाई जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतमा पुगेर भेटेका छन्।

२०६४ सालको संबिधान सभाको चुनाबमा आफुलाई जिताउन बम बनाउने क्रममा विस्फोट भइ ८ जना गम्भीर घाइते भएकोमा घाइते सबैलाई राजपुरस्थित इटाभटामा ज्युदै जलाएर बेपत्ता बनाएको अभियोगमा उनलाई पक्राउ गरिएको बताए । बम विस्फोटका दुई जना अभियुक्तले घटनामा सांसद आलमको संलग्नताबारे बयान दिएपछि सोही बयानका आधारमा प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

 

 


(२०७६ कार्तिक २, शनिबार) १९:०८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना