ने.क.पा. कास्कीका तात्कालीन जिल्ला सेक्रेटरीसहित चार जना फेरी अदालत परिसरबाट गिरफ्तार

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक २, शनिबार) ०७:०५

अदालतले तोकेको रकम धरौटी  बुझाएर निस्केका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी जंगबहादुर भण्डारी “आक्रोश”लगायत चार जना नेता तथा कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय पर्वतले फेरी गिरफ्तार गरेको छ।

पर्वत प्रहरीले गिरफ्तार गरेका ने.क.पा.का नेता तथा कार्यकर्ताहरुमा ने..क.पा. कास्कीका तात्कालीन जिल्ला सेक्रेटरी रोल्पाको गंगादेव गाउँपालिका–२ का ४१ वर्षीय जंगबहादुर भण्डारी, नेकपा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य भोजपुरको भोजपुर नगरपालिका–१२ का २६ वर्षीय मिलन राई, अखिल क्रान्तिकारी कास्की जिल्ला अध्यक्ष गोरखाको सुलिकोट गाउँपालिका–६ का २७ वर्षीय काजी गुरुङ र बागलुङको ढोरपाटन नगरपालिका–६ का नेकपा समर्थक ३१ वर्षीय महेन्द्र भण्डारी छन् ।

उनीहरु जिल्ला अदालत पर्वतको आदेशमा शुक्रबार जनही पाँच हजार रुपैयाँ धरौटी राखेर छुटेका थिए । प्रहरी हिरासतमा रहेका उनीहरु चारैजनालाई पर्वत जिल्ला अदालतले गएको असोज २८ गते जनही पाँच हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । आदेशानुसार रकम बुझाउन नसकेपछि उनीहरु कारागार चलान भएका थिए ।

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–११, उरीस्थित आमा समूहको भवनमा अखिल क्रान्तिकारी कास्की र पृथ्वीनारायण क्याम्पस जिल्ला कमिटीको संयुक्त बैठक बसिरहेका बेला उनीहरु समेतका २१ जना नेता तथा कार्यकर्तालाई प्रहरीले गएको जेठ २५ गते गिरफ्तार गरेको थियो। त्यसपछि उनीहरुलाई अदालतले छाड्ने र प्रहरीले गिरफ्तार गर्ने क्रमसंगै प्रहरीले कास्की, लमजुङ्ग, स्याङ्गजा हुँदै पर्वत पुर्याएको थियो।

 


(२०७६ कार्तिक २, शनिबार) ०७:०५ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro