बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ कार्तिक १, शुक्रबार) १४:२८

बलिउडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुका अनुसार बच्चन लिभरको समस्यापछि अस्पताल भर्ना हुन् ।

अमिताभ बच्चनलाई गत मंगलबार राति २ बजे मुम्बईस्थित अस्पतालमा भर्ना गरिएको बताइएको छ ।

अहिले उनलाई उनका परिवारका सदस्यले मात्र भेट गरिरहेको मिडिया रिपोर्टमा बताइएको छ ।

७७ बर्षिय बच्चन अहिले पनि निकै व्यस्त रहेका काम गरिरहेका छन् । फिल्मका अलवा बच्चनले चलाएको चर्चित टिभी शो कुन बनेगा करोडपति चलिरहेको छ ।

अमिताभ बच्चनको लिभरले ७५ प्रतिशत काम गर्न छोडेको उनले आफै यस अघि बताइसकेका छन् । उनको सन् १९८२ को दुर्घटनाको उपचारको क्रममा रगत दिदा हेपाटाइटिस बि भाइरसको सङ्क्रमणमा आएका थिए ।


(२०७६ कार्तिक १, शुक्रबार) १४:२८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro