जुवाखालबाट पक्राउ परेका तीन एनआरएनलाई धरौटीमा भोट हाल्ने सुबिधा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ आश्विन ३०, बिहीबार) १७:०३

“नेपालकाे कानुन दैबले जानुन, सानालाई ऐन  ठुलालाई चैन”

नेपालमा “ठुलाबडा, पैसावाल र चिनजानका मान्छेको भनसुनका भरमा कानुनलाई धोती लगाउने प्रचलन छ” भन्ने गरिन्छ । आखिर त्यस्तै भएको छ, जिल्ला प्रहरी कार्यालय कास्कीमा।

मोटो रकमसहित जुवाखालबाट पक्राउ परेका १५ जना जुवाडेमध्ये तीन जना गैर आवासीय नेपाली एनआरएन जनही ५० हजार रुपियाँ धरौटी राखेर आज काठमाण्डौमा जारी गैर आवासीय नेपाली महासंघको महाधिबेशनमा भोट हाल्न पुगेका छन्।  उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्कीमा जनही ५० हजार रुपियाँ धरौटी राखेको बताइएको छ।  उनीहरुसंगै पक्राउ परेका अन्य १२ जना जुवाडेहरु भने अझै पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले आइतबार राती जुवा खेलिरहेको अवस्थामा पोखरा महानगरपालिका वडा नं १८ खपौंदीबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो छ । फेवातालको किनार खपौंदीस्थित एक रेस्टुरेन्टमा बसेर कौडा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले नगद रुपैया ६ लाख १० हजार र ३२ थान कौडा सहित उनीहरुलाई पक्राउ गरेको थियो  । जुवामा संलग्न केहीले प्रहरीको घेराबाट उम्कन खोज्ने क्रममा प्रहरीमाथी बल प्रयोग गर्दा प्रहरीहरु घाइते पनि भएका छन् । समाचार स्रोत भन्छ,”करीब १८ लाख रुपियाँ रकम बरामद भएको हो।  तर थोरै रकम बरामद देखाइएको छ, किन ?” १०लाख रुपैयाँ जति डलर जुवा खालबाटैं गायब भएको चर्चा प्रहरीभित्र चलिरहेको छ।

पक्राउ पर्नेहरुमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं ६ बस्ने बर्ष ४४ का खिमलाल पहारी , बर्ष ४६ का चिन बहादुर भट्टराई , बर्ष ५४ का शक्ति पराजुली , बर्ष ३५ का सनोज पहारी , बर्ष ४५ का केदार थापा , बर्ष ३८ का लक्ष्मण कुँवर , बर्ष ३३ का लक्ष्मण पहारी , बर्ष ५१ का कबिराज पराजुली , बर्ष ४८ का इश्वर श्रेष्ठ , बर्ष ५८ का राम बहादुर थापा , पोखरा १८ बस्ने बर्ष ४६ का महेन्द्र बहादुर थापा , पोखरा १८ भकुण्डेका बर्ष ५१ का ध्रुव बहादुर थापा र पोखरा- ११ बस्ने बर्ष ४६ का पुर्ण तिमिल्सीना रहेका छन् ।

गैर आवासीय नेपाली एनआरएनका प्रतिनिधिसहित मोटो रकमका साथमा १५ जना जुवाखालाबाट पक्राउ परेको खबर सार्वजनिक हुनासाथ नियन्त्रणमा परेका जुवाडे छुटाउन नेकपा तथा नेपाली कांग्रेसका जिल्लाका नेता देखि पुर्व मन्त्री समेत उनीहरुलाई छुटाउन लागिपरेको पनि श्रोत बताउँछ ।

“जो जो मान्छे दलाल बनेर हिरासतमा भएकालाई छुटाउन आउछ त्यसलाई नै खोरमा हाल्छु” भनेर केही हप्ता अघि आयोजित पत्रकार सम्मेलनमा नै गर्जिएका कास्कीका प्रहरी प्रमुख दानबहादुर कार्कीले तीन जना गैर आवासीय नेपाली एनआरएनलाई धरौटीमा भोट हाल्न जाने सुबिधा उपलब्ध गराएका छन्।  उनीहरु गैर आवासीय नेपाली एनआरएन महासंघको मतदान सकिएपछि प्रहरी हिरासतमा फर्कने प्रहरीको बिस्वास छ।

ठुलो रकम बरामद गरे पनि थोरै रकम देखाएको भन्ने चर्चाका बारेमा भने कास्की प्रहरीले आफ्नो बचाव गरेको छ।  उसले बरामद भएको मध्ये १० लाख रुपियाँ बराबरको डलर गैर आवासीय नेपाली एनआरएनहरुको प्रतिनिधि शुल्क भएको दाबी गरिएकाले उनीहरुलाई नै फिर्ता गरिएको भन्ने गरेको छ। यस बारेमा आधिकारिक धारणा लिन जिल्ला प्रहरी कार्यालय कास्कीका प्रबक्ता डिएसपी राजकुमार केसीसँग मोबाइल सम्पर्क गर्दा मोबाइल उठेन।


(२०७६ आश्विन ३०, बिहीबार) १७:०३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro