कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जभित्रै प्रशिक्षार्थी महिला प्रहरी बलात्कृत

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ आश्विन ३०, बिहीबार) १५:१०

जनतालाई शान्ति, सुरक्षा प्रदान गर्न प्रहरी संगठनमा भर्ना हुन आएकी एक महिला प्रहरी प्रशिक्षार्थी तालिम केन्द्रभित्रै बलात्कृत भएकी छन्। कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगन्जमा प्रहरी जवान पदको तालिम लिईरहेकी महिला प्रशिक्षार्थी बलात्कृत भएकी हुन्।

सोही तालिम केन्द्रमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) बमबहादुर रानाले तीन दिनअघि ब्यारेकभित्रै बलात्कार गरेको पीडितले बताएकी छन्। प्रहरी स्रोतका अनुसार विगत ३ महिनादेखि ती पीडित महिलाले जवान पदको तालिम लिदै आएकी थिईन्। सई रानाले आफुलाई विभिन्न दबाव दिएर जबरजस्ती बलात्कार गरेको पीडितको भनाई छ। प्रहरी बन्ने सपना बोकेर तालिम गरिरहेकी युवती प्रहरीबाटै बलात्कृत भएपछि पीडितका आफन्तले आक्रोश व्यक्त गरेका छन्।

‘प्रहरी बनेर देशको सेवा गर्लिन भनेर पठाएका थियौं, तर तालिम केन्द्र भित्रै प्रहरीबाट हाम्री चेली बलात्कारको शिकार भईन्,’ एक आफन्तले भने ‘भित्र भित्रै  दोषीलाई बचाउन हरेक प्रयास गरे, तर पीडितले हिम्मत गर्दा यो कुरा बाहिर आएको हो।’ पीडितका आफन्तले दोषीमाथी कडा कारबाही गर्नुपर्ने माग गरेका छन्।

महिला प्रहरी प्रशिक्षार्थीलाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाँकेले सई रानालाई पक्राउ गरिसकेको जनाएको छ। कर्णाली प्रदेशका प्रहरी प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डिआईजी) पुर्णचन्द्र जोशीले बलात्कारको घटना सार्वजनिक भएपछि पीडितको बयानका आधारमा सई रानामाथी अनुसन्धान सुरु गर्न निर्देशन दिइएको बताए।

प्रहरी तालिम केन्द्रले भने घटनाको विषयमा प्रतिक्रिया जनाएको छैन्। दोषीलाई कारबाहीको दायरामा ल्याउनुको साटो तालिम केन्द्रले उक्त घटनालाई गुपचुप राख्ने प्रयास गरेको पीडित पक्षको आरोप छ।

पीडितको जाहेरीका आधारमा रानालाई पक्राउ गरी जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि बाँके जिल्ला अदालतबाट म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् डिएसपी शिव सिंहले जानकारी दिए। सई रानाले महिला प्रहरी प्रशिक्षार्थीलाई तालिम केन्द्रभित्र बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरी अनुसन्धान सुरु गरिएको उनले बताए।

स्रोत नागरिक न्यूज


(२०७६ आश्विन ३०, बिहीबार) १५:१० मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro