नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन २६, आईतवार) १४:१४

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा सम्झौतापत्र आदान प्रदान गरिएको छ ।

सम्झौताअघि नेपाली र चिनियााँ अधिकारीहरुबीच द्विपक्षीय वार्ता भएको थियो । वार्तापछि शिक्षा, स्वास्थ्य, पर्यटन, पूर्वाधार निर्माण तथा लगानीका क्षेत्रका विषयमा सम्झौता भएको छ ।

उक्त अवसरमा नेपाल–चीन रेलको सम्भाव्यता अध्ययन सम्बन्धी समझदारीपत्रमा आदानप्रदान भएको छ।

त्यस्तै नेपालका केही शहरहरूबीच चीनका शहरसँग भगिनी सम्बन्ध विस्तार सम्बन्धी सम्झौता पनि भएका छन्। काठमाडौं महानगरपालिका र नान्सी शहर तथा बुटवल उपमहानगरपालिका र सियान शहरबीच भगिनी सम्बन्ध स्थापना गर्ने सम्झौता पनि भएको छ ।

चीन र नेपालले सगरमाथा क्षेत्रको संरक्षण गर्ने र कानु्नी सहायता आदानप्रदानबारे सम्झौता गरेका छन्।

दुई देशबीच वाणिज्य व्यापार सहजीकरण गर्न संयन्त्र बनाउने सहमति भएको छ । नेपाल र चीनका वाणिज्य सचिवले नेतृत्व गर्ने गरी संयन्त्र गठन हुने समझदारी पत्रमा हस्ताक्षर भएको वाणिज्य सचिव डा.बैकुण्ठ अर्यालले जानकारी दिए ।

एक महिनाअघि नेपाल आएको चिनीयाँ बाणिज्य सचिव नेतृत्वको प्रतिनिधिमण्डल र नेपाली प्रतिनिधिबीच यस्तो संयन्त्र गठन गर्नेबारे सहमति बनेको थियो ।

चीनीयाँ बजारमा नेपाली सुन्तला निर्यात गर्ने गाँठो फुकेको छ । कसिलो चिनियाँ क्वारेन्टाइनका कारण नेपालबाट सुन्तला, कागती जस्ता फलफूल निर्यात केही वर्षदेखि रोकिएको थियो ।

आइतबार चिनियाँ राष्ट्रपति र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा नेपालका लागि चिनीयाँ राजदूत र कृषि सचिव डा.युवकध्वज जिसीले समझदारी पत्र साटासाट गरे । कृषि मन्त्रालयका प्रवक्ता तेजबहादुर सुबेदीका अनुसार आइतबार भएको समझदारीले साबिककै चिनियाँ मापदण्डमा नेपाली फलफूलले चिनियाँ बजारमा प्रवेश पाउने भएको हो ।


(२०७६ आश्विन २६, आईतवार) १४:१४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro