पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन २६, आईतवार) ११:३४

“पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !”
महामिम अादेश हो यो
किनभने पृथ्वी घुम्न नरोकिएको देखेर
महामिमहरू सबै विलखमन्द छन् ।

….घुम्न प्रतिबन्धै लगाए पनि
पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु विलखमन्द छन्
न हुरी र आँधी नै रोकिए
न अागाका छलाङहरु रोकिए
न विद्रोही हावा मुस्ला रोकियो
न महामिमआदेशका पालना गर्छ त्यो ,
न सरकार,मन्त्री आदेशले नै टेर्छ त्यो

हो,विल्कुल टेरेन
व्यारेक लगाउँदा टेरेन
कारावास गराउदा टेरेन
कुट्दा,पिट्दा,घिसार्दा टेरेन
मृत्यु नटेरी,पृथ्वी पनि घुमेको घुम्यै छ ।

पृथ्वी अटेर भएको छ
साझा हुँ भन्न किन छोड्दैन त्यो ?
मर्न,झुण्डिन,फुट्न किन सक्दैन त्यो ?
जिम्मुवाल-मुखिया विर्ता बनेर रोकिन किन सक्दैन त्यो ?

महामिम अादेश छ-
“अाऊ एउटै जडिबुटीमा हुर्केका
हामी मोटाहरु मिलौं, एकता गरौं
मोटाघाटा नपारिउन् अरू
दुब्लाहरुका घाँसकुँडो खोस्न, गरौं बलियो एकता
घाँस,कुँडो अरूका नहुन्, नपारिऊन् …
रविहरु नहुन् अरुका.., शीतलता नहुन्
कुनै छलाङहरु नआउन् अब
चाहिन्न,पुग्यो सबै…
अग्रगामी हावा रोक्न ,छेक्न
सबै मिलेर पृथ्वी घुम्न रोक्नुपर्छ…
नमाने सुली चढाइ दिनुपर्छ …”

महामिम आदेश थपिन्छ अरु निरन्तर –
“मिठो मसिनो लोभ गर्नेहरु मिलौं र
दरवार,बङ्गालासामु गोठकटेरा राख्नु हुन्न
गोरु व्याउँनु,खरायोमा सिङ पलाउनु उस्तै हो
शासकहरु मिलेर पृथ्वी घुम्न रोकौं
नयाँ हावाहुरीहरु छेकौं र अाफूलाई ढल्न रोकौं चाँडै
समाजवादी यात्रा भन्दिनुपर्छ,पत्याउँछन्
ऋणले थिचिएका गोठहरुमा बरु छर्दिनु अलिअलि बुर्की
अलिकति टाठाबाठाहरु किन्नु
अलिकता लगानी गर्नु कटेरा फुटाउन,
गोठकटेरा टुक्रिएपछि भोलिका विहान हाम्रै हुनेछ…।”

महामिमका अादेश अरू थपिन्छ-
“अाफ्नै दरवारका भोगविलास जोगाउन
कसिङ्गरविहीन गन्तव्य खोज्नु छ र त
पृथ्वी घुम्न रोक्नु छ ….।”

“हो,फिलिङ्गा निभेपछि नै चुलाहरु सुनसान हुनेछन्
तातो फिलिङ्गाले तर्सनु पर्ने छैन
छलाङविरोधी मकुण्डा हुनु छ र त ससाना राहत फालौं बरू तर्साउने सकिनेछन् ..
फिलिङ्ला,मुस्ला हावाहरु रोकिएपछि
पृथ्वी घुम्न रोकिने छ र बलियाहरुकै हुनेछ यो
जेल,नेल,दमन,यातना…ले नपुगे,
सुइरो उन र चढाऊ सुली..।”

बिडम्वना !
महामिमहरु विलखमन्द छन्
न हावा र मुस्ले हुरीहरु नै रोकिए
न फिलिङ्गाहरु निभेर पोल्न छोडे ती
न पृथ्वी घुम्नै रोकियो
न महामिम अादेश पालना… !
पृथ्वी घुम्न अझै छोडेन ।

पोखरा,२०७६-०६- २६


(२०७६ आश्विन २६, आईतवार) ११:३४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

कृपया सहयोगको लागि यो पोस्टलाई सक्दो सेयर गरौ ठगी गर्ने व्याक्ति बाट आफू पनि बाचौ , अरुलाई पनि बाचौ ।

ठगी गर्ने व्याक्तिको नाम :-दिल्ली बहादुर श्रेष्ठ अर्थात गाउघरमा काईला पनि भनिन्छ जिल्ला :- (मोरङ ) (नागरिकता नम्बर :- ३९८८-१९०७)   विगत लामो समयदेखि रोजगारीको सिलसिलामा मलेसिया पुगेर,आइस कम्पनी काम गरेको र.....

बिप्लवका नेता कार्यकर्ता खोज्न हिंडेका घुमुवा प्रहरीद्वारा बालिकामाथि हातपात गरेको आरोप, बालिका त्रशित

बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गर्न गाउँ पसेका सादा पोशाकका प्रहरीमाथि बालिकामाथि हातपात गरेको आरोप लागेको छ। नेपाल कम्युनिष्ट पार्टीका.....

अत्याधुनिक अटोमेटिक पेस्तोलसहित दुई जना पक्राउ

अत्याधुनिक पेस्तोलसहित दुई जनालाई प्रहरीले आज चितवनबाट पक्राउ गरेको छ।  हाल इलाका प्रहरी कार्यालय भण्डारा चितवनको हिरासतमा रहेका अभियुक्तहरुमा दाङ तुलसीपुर नगरपालिका–१२ धनोवरी बस्नेत.....

Exchange Rate

Nepali Patro