प्रमज्यु ! छ हिम्मत ? : ओम हमाल

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन २५, शनिबार) ०७:१४

दुई तीन दिन यता नेपाली संचार माध्यममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निजि सम्पत्ति रास्ट्रलाई सुम्पने र सत्तारुढ नेकपा चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्ग पथमा गयो र भाइचारा सम्बन्ध कायम गर्यो भनी प्रमुखता पाएको छ। यसै समाचारका बीच चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्ग आजैदेखि नेपाल भ्रमणमा हुनुहुन्छ। प्रधानन्त्रीज्युको घोषणाले सबैतिर तरंग पनि आएको छ। यो तरंग दिर्घकालिन हो कि क्षणिक। केही बेर घोत्लिनु आबस्यक छ।

हाम्रा प्रधानमन्त्रीज्युले किन आफ्नो सम्पूर्ण सम्पत्ति रास्ट्रको नाममा सुम्पन्छु भनेको होलान भनेर सोचिराखेको थिएँ। आफ्नो पार्टीलाई सी जिङ्ग पिङ्ग पथमा लैजाने घोषणा गर्नु भएका प्रमज्युले सी जिङ्ग पिङ्गको एउटा भनाई सुन्नु भएको रहेछ,”निजि सम्पत्तिको लोभ गर्नेहरु कम्युनिस्ट हुन सक्दैन ।”

पंचायतबिरोधी आन्दोलन गरे बापत सर्वस्वहरणमा पर्नु भएका प्रमज्युको जागीर थिएन। उद्योग धन्दा थिएन। सेवामुलक राजनीति बाहेक वहांको कुनै पेशा इलम पनि छैन। उच्च ओहदामा रहंदा प्राप्त भत्ता कति नै पो जोड्नु भएको होला। तैपनि आफ्नो सम्पूर्ण सम्पति रास्ट्रलाई बुझाउञ्छु भन्नु भएको छ। स्वागत योग्य छ। तर बास्तबिक रुपमा बुझाउनु हुन्छ हुन्न हेर्न बाँकी नै छ।

चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्गले भ्रस्टाचारमा लिप्त बहालवाला हुन् वा भुतपुर्व राज्यका पदाधिकारील्लाई मृत्युदण्डको सजायं दिने गर्नु भएको छ। हाम्रा प्रमज्युल्ले भ्रस्टाचारीलाई कानुन नभएका कारण मृत्युदण्डको सजायं त दिन सक्नुहुन्न। देशमा दुईतिहाइको नाम मात्रको कम्युनिष्ट सरकार छ।

के प्रमज्यु, सी जिङ्ग पिङ्गले जस्तै ललिता निवास काण्ड, वाइडबडी जहाज काण्ड, एन्सेल काण्ड, ३८ क्विन्टल सुन काण्ड, निर्मला पन्त हत्या काण्ड लगायतका मुलुककै बदनाम गर्ने महाकाण्डका नायकहरु आफ्नै पार्टीका महासचिव, पार्टीका विभिन्न पदमा रहेका नेताहरु, बिपक्षी दलका नेता एबम पुर्वा प्रधानमन्त्रीहरुलाई जेलमा कोच्न सक्नुहुन्छ ?

देश खोक्रो हुने गरी भ्रस्टाचार गर्ने जोसुकै भएपनि जेलमा कोच्ने कामको शुरुवात गर्नुस, तपाइंको घोषणाको अर्थ रहन्छ। नत्र आफ्नो सम्पूर्ण सम्पति राज्यल्लाई बुझाएको भनेर हल्ला गर्ने आफ्नो पार्टीका नेता-कार्यकर्ताललाई मुलुक खोक्रो हुने गरी लुट्न दिने अनि मुलुकको उच्च पद सकिएपछि तिनै भ्रस्ट नेता कार्यकर्तको छायाँमा बस्ने सोंच हो भने प्रमज्यु, तपाइंको घोषणा पानीको फोका जस्तै हो।

तपाइंले साँच्चिकै राजनेता हुन त्यस्तो घोषणा गर्नु भएको हो भने चिनियाँ रास्ट्रपति सी जिङ्ग पिङ्ग नेपालमा नै रहेका बेला भ्रस्ट नेताहरुलाई जेल हाल्ने घोषणा गर्नुस र त्यसको शुरुवात आफ्नै पार्टीका नेताहरुबाट गर्नुस। त्यसपछि यो देशमा मधेशवादी पनि रहनेछैनन र राजावादी पनि। बिप्लवले शुरु गरेको क्रान्ति त त्यसै तुहिन्छ नि। सबै नेपालि तपाइङ्का पछि हुने छन्। प्रमज्यु छ हिम्मत ?


(२०७६ आश्विन २५, शनिबार) ०७:१४ मा प्रकाशित

Exchange Rate

Nepali Patro