सिन्धुपाल्चोकको भीमटारमा हेलम्बु यातायातको बस दुर्घटनाग्रस्त, ११ को मृत्यु

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन २४, शुक्रबार) १३:२९

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर १० भीमटारमा शुक्रबार बिहान ९ बजेतिर हेलम्बु यातायातको बा २ ख २७१५ नम्बरको  बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।  ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँचजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मृत्यु भएका मध्ये इन्द्रावती ९ का हिरा श्रेष्ठ, सोही स्थानका विनोद लम्साल, इन्द्रवती १० ऋदेश आचार्य, चालक काभ्रे बनेपाका केदार महाजु पाँचखालकी संगीता फुर्कोटीको सनाखत भएको प्रहरीले जानकारी दिएको छ ।

दसैं मनाएर घर फर्किने र घर पुगेर काममा फर्किने यात्रुले खचाखच भरिएको सो बस दुर्घटनामा ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने अन्य पाँचजनाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी माधव काफ्लेले जानकारी दिए।

सो बस शिवटारबाट काठमाडौं जाँदै गरेको थियो।  बस भोटसिपाको तिखुमोडबाट करिब दुई सय मिटर तल खसेको छ।  दुर्घटनामा ५० बढी घाइते भएकोमा २५ जनाको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ।  अन्यको स्थानिय अस्पतालहरुमा उपचार भैरहेको बताइएको छ।

घाइतेको उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय खटिरहेका छन्। घाइतेको एम्बुलेन्स र हेलिकप्टरबाट उद्धार भइरहेको इन्द्रावती गाउँपालिका १० का वडाअध्यक्ष जीवन थापामगरले जानकारी दिए


(२०७६ आश्विन २४, शुक्रबार) १३:२९ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीले १७ वटा भारतीय भैंसी नियन्त्रणमा लियो

जिल्ला प्रहरी कार्यालय पर्साले पाँच वटा पाडासहितका १७ वटा भारतीय भैंसीलाई नियन्त्रणमा लिएको छ । अवैध रुपमा भन्सार छली नेपाल भित्राएको आरोप लगाउदै प्रहरीले पोखरीया नगरपालिका-६ शेराफिल्डबाट ती भारतीय.....

ब्यापक अनियमितता गरेको आरोप लगाउदै सत्तारुढ नेकपाका दश जिल्ला कमिटि सदस्यहरुद्वारा पलाँता गाउँपालिका अध्यक्ष बमलाई कारवाहीको माग

कालीकोट जिल्लाको पलाँता गाउँपालिकामा ब्यापक अनियमितता भएको भन्दै चर्को बिरोध भैरहंदा सत्तारुढ नेकपा जिल्ला कमिटि कालिकोटका १० जना जिल्ला कमिटि सदस्यहरुले पलाँता गाउँपालिकाका अध्यक्ष.....

ने.क.पा. जाजरकोटका इन्चार्ज ओली सालको बुटाबाट गिरफ्तार

नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित ने.क.पा. को जाजरकोट जिल्ला ईन्चार्ज प्रेमप्रकाश ओली 'धमिल'लाई प्रहरीले बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नम्बर २ स्थित सालको बुटा.....

Exchange Rate

Nepali Patro