फैसलामा बाह्य हस्तक्षेप भएको भन्दै न्यायाधिशद्वारा आफैंलाई गोली हानेर आत्महत्याको प्रयास

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन १९, आईतवार) १४:०६

अदालतमा हुने फैसलामा बाह्य हस्तक्षेप भएको भन्दै विद्रोहबाट प्रभावित दक्षिण थाइल्याण्डस्थित प्रान्तीय अदालतका एक न्यायाधीशले अदालततभित्र आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् । यला प्रान्तीय अदालतका न्यायाधीश कनिकन फिएन्चनाले आफैंलाई गोली हानेर आत्महत्याको प्रयास गरेका हुन् । उनको एउटा अस्पतालमा उपचार भइरहेको छ ।

शुक्रबार एउटा मुद्दाको निर्णय सुनाउँदै न्यायाधीश फिएन्चनाले हत्या र अवैध बन्दुक राखेको आरोपमा पक्राउ परेका पाँच मुस्लिम पुरुषलाई सफाइ लिएका थिए । लगतै न्यायापालिका निश्पक्ष हुनुपर्छ भन्दै न्यायिक सपथ बाचन गरेका उनले अचनाक पेेस्तोल निकालेर आफ्नै छातीमा गोली हानेका हुन् ।

पाँच जनालाई सफाइ दिएपछि इजलासमा भावुक सम्बोधन गरेका न्यायाधीश फिएन्चनाको सम्बोधनलाई फेसबुकमा प्रत्यक्ष प्रशारण समेत गरिएको थियो । उनले आफ्नो सम्बोधनमा भनेका छन्, पाँच प्रतिवादीले अपराध गरेका होइन भनेर म भनिरहेको छैन । उनीहरुले गरेका हुनसक्छना् तर न्यायिक प्रक्रिया पारदर्शी र विश्वसनीय हुनुपर्छ । गलत व्यक्तिलाई दण्ड दिँदा उनीहरु बलिको बोका मात्र हुनसक्छन् ।’

नले लेखेको र गोली हान्नुअघि उनले नै फेसबुकमा प्रेषित गरेको भन्ठानिएको एउटा सन्देशमा प्रमाण नभए पनि ती प्रतिवादीलाई दोषी ठहर गर्न आफूलाई दबाव दिइएको उल्लेख छ।

उनले लेखेका छन्, “हिजोआज क्षणमा देशभरि मुद्दा पहिला हेर्ने अदालतमा न्यायाधीश साथीहरूलाई मलाई जसरी नै व्यवहार गरिन्छ।”

“यदि म पदको निष्ठा राख्न सक्दिनँ भने सम्मानहीन भएर बाँच्नुभन्दा बरु मृत्यवरण गर्छु।”

थाईल्यान्डमा न्यायाधीशबाट न्यायिक प्रणालीको आलोचना हुनु एकदमै दुर्लभ घटना हो।

मानवाधिकारवादी समूहहरूका अनुसार सुरक्षाकर्मीहरूले मले मूलका मुस्लिम समुदाय भएको क्षेत्रमा सन्दिग्ध व्यक्तिविरुद्ध झुटा मुद्दा लगाउने गर्छन्।

घटनापछि उनले लेखेको एउटा विज्ञप्ति भेटिएको छ, जसमा आत्महत्या गर्न खोज्नुको कारण उक्त मुद्दामा भएको बाहृय हस्तक्षेप हुनसक्ने संकेत गरिएको छ ।

अदालतमा उपस्थित प्रत्यक्षदर्शीहरुकाअनुसार उनले दिवंगत थाई राजाको तस्वीरअघि न्यायिक सशत बाचन गरेका थिए । लगतै आफैंलाई गोली हानेका हुन् ।


(२०७६ आश्विन १९, आईतवार) १४:०६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro