अन्तत: प्रहरीमा निवर्तमान सभामुख महराविरुद्ध बलात्कार प्रयासको मुद्दा दर्ता

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन १८, शनिबार) १४:५६

आफ्नो सार्वाजनोक अभिव्यक्ति परिवर्तन गर्दै असोज १२ गते निवर्तमान सभामुख कृष्णबहादुर महरा आफ्नो घरमा नआएको अभिव्यक्ति दिएकी संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी रोशनी शाहीले अन्तत: महराले आफूमाथि बलात्कार प्रयास गरेको आरोप लगाएर प्रहरीमा किटानी जाहेरी दिएकी छन् ।

शनिबार पीडित रोशनी स्वयम् महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पुगेर तत्कालीन सभामुख महराविरुद्ध बलात्कार प्रयासको कसूरमा किटानी जाहेरी दिएकी हुन्। यस सम्बन्धी थप कारबाही प्रक्रिया आइतबार अगाडि बढ्ने उच्च प्रहरी स्रोतले दाबी गरेको छ।

महरा प्रकरणको विषयमा शनिबार बिहान गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालबीच कुराकानी भएको थियो। किटानी जाहेरीपछि उनीमाथिको छानबिन प्रक्रिया अगाडि बढाउन महरालाई सांसदबाट निलम्बन गराइने छ। अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रहरीले महरा र पीडित रोशनी तथा बरामद सामानको फरेन्सिक जाँचको तयारीसमेत गरेको छ।

गत आइतबार राति महराले रोशनीको कोठामै गएर यौन दुर्व्यवहार गरेको विषय सार्वजनिक भएपछि सोमबार दिउँसो उनले सभामुख पदबाट राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत भइसकेको छ। तर सांसद पद भने यथावत छ।


(२०७६ आश्विन १८, शनिबार) १४:५६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro