फेरी सर्बोच्च अदालत गेटबाट गिरफतार ने.क.पा. कास्की इन्चार्ज रुपेशलाई लमजुङ्ग पुर्याइयो

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन १८, शनिबार) १३:१३

सर्वाेच्च अदालतले रिहा गर्न अादेश दिए पनि अदालत गेटबाटै गिरफ्तार विप्लव नेतृत्वकाे ने.क.पा. कास्कीका ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई गएराति तीन बजेतिर जिल्ला प्रहरी कार्यालय लमजुङ पुर्याइएकाे छ ।

ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई सर्वाेच्च अदालतका माननीय न्यायाधीश अानन्दमाेहन भट्टराईकाे एकल इजलाशले हिजो थुनामुक्त गर्न अादेश दिएकाे थियाे ।
उनलाई पक्राउ पुर्जी नदिई महानगरीय प्रहरी परिसर टेकु काठमाडौकाे प्रहरी भ्यानमा राखेर लगिएको थियाे ।
उनले जनसञ्चार डट कमका सम्पादक अाेम हमाललाई अन्तरवार्ता दिने तयारी गरिरहेका बखत गएकाे भदौ ६ गते पाेखरा महानगरपालिका वडा नं ३३ खुदीबाट प्रहरीले दुवै जनालाई गिरफ्तार गरेकाे थियाे ।
पत्रकार हमाल सर्वाेच्च अदालतकाे दुई पटककाे रिहा गर्ने अादेशपछि भदौ २४ गते रिहा भैसकेका छन् । तर प्रहरीले नेता रूपेशलाई पटक पटक गिरफ्तार गर्दै झुट्ठा मुद्दा लगाउँदै प्रहरी हिरासतमा राख्दै अाएकाे छ । नेता रूपेश गिरफ्तार भएदेखि कास्की, स्याङ्जा, तनहुँ र गाेर्खा जिल्लाका प्रहरी हिरासतमा पुर्याइएकाे छ ।


(२०७६ आश्विन १८, शनिबार) १३:१३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना