ने.क.पा. स्याङ्जाका तात्कालीन सेक्रेटरी पराजुलीसहित तीन जनालाई फेरी चार दिन म्याद थप

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ आश्विन १३, सोमबार) १७:४२

झुट्ठा मुद्दा खेपिरहेका विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी स्याङ्जाका तात्कालीन सेक्रेटरी गोकुल पराजुली, स्याङ्जा जिल्ला सदस्य सागर अर्याल र कास्कीका मजदुर नेता गोविन्द ओली ‘सविन’लाई जिल्ला प्रशासन कार्यालय कास्कीले आज ४ दिनको म्याद पुन: थपेको छ।

गत भदौको अन्तिम साता उनीहरुलाई स्याङ्जा जिल्ला अदालतले निर्दोष भन्दै साधारण तारेखमा छाडेको भए पनि प्रहरीले फेरी पक्राउ गरी पोखरा ल्याएर मुद्दा चलाएको थियो।  उनीहरुलाई प्रहरीले वडा प्रहरी कार्यालय बैदाम पोखरामा राखेको थियो।

छोरा गोकुल पराजुलीको उपचारको माग गर्दै नातिसहित वडा प्रहरी कार्यालय बैदाम अघि ७० वर्षिया बृद्धा भगवती पराजुली
छोरा गोकुल पराजुलीको उपचारको माग गर्दै नातिसहित वडा प्रहरी कार्यालय बैदाम अघि ७० वर्षिया बृद्धा भगवती पराजुली

६ महिनादेखि प्रहरी हिरासतमा रहेका स्याङ्जाका उनीहरुमध्ये तात्कालीन सेक्रेटरी गोकुल पराजुलीको स्वास्थ्यमा समस्या देखिएपछि उनकी ७० वर्षीय वृद्ध आमा भगवती पराजुलीले प्रहरी हिरासतमा रहेको आफ्नो छोराको स्वास्थ्योपचार ब्यबस्था गर्न सरकार समक्ष माग गरेकी छिन।  दुई नातिसहित विरामी छोरा भेट्न वडा प्रहरी कार्यालय बैदामको गेटमा पुगेकी उनले छोराको स्वास्थ्योपचार गर्ने सरकारलाई दबाब दिन पत्रकार, मानब अधिकारकर्मी र नागरिक समाजका अगुवाहरुसंग आग्रह गरेकी थिइन।

जिल्ला अदालतको आदेश बमोजिम साधारण तारेखमा छुटेका कास्की पोखरा महानगरपालिकाका जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउँपालिकाका गोविन्द ओली र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याललाई फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसिएलको टावरमा बम विस्फोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा पक्राउ गरेको थियो ।

 

यसैबीच प्राप्त जानकारी अनुसार, सर्वोच्च अदालतले छाड्न आदेश दिएका विप्लव नेतृत्वको नेकपाका तीन नेतालाई बिना पक्राउ पुर्जी प्रहरी गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा जंगबहादुर गुरुङ, काजी गुरुङ र विद्यार्थी नेता मिलन राई रहेका छन् । उनीहरूलाई सर्वाेच्च अदालतको आदेश विपरीत पुन: अदालतकै गेटबाट पक्राऊ गरेको हो ।
सर्वोच्चका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र टंकबहादुर मोक्तानको संयुक्त इजलासले उनीहरूलाई छाड्न आदेश दिएको थियाे । गत २५ जेठदेखि उनीहरूलाई प्रहरीले विभिन्न जिल्ला घुमाउँदै म्याद थप गर्दै आएको थियो । तीनै जनालाई कास्की, तनहुँ, लमजुङ, गोरखा हुँदै पुन: लमजुङमै पुर्‍याएर गत १७ भदौमा पहिलो पटक र २६ भदौमा दोस्रो पटक म्याद थप गरिएको थियो ।
यसअघि सर्वोच्चले बारम्बार कसैलाई पनि राजनीति आस्थाका आधारमा पक्राउ गर्नु गैरकानुनी कार्य भएको भन्दै सरकारलाई पक्राउ नगर्न निर्देशन दिएको छ ।


(२०७६ आश्विन १३, सोमबार) १७:४२ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro