म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ आश्विन १२, आईतवार) ०७:४८

 

मलेसिया स्थित मडेका स्टिडियममा सेप्टेम्बर २८ मा सम्पन्न नेपाली कलाकार र हिमालयन फुटबल क्लब बिचको मैत्रीपुर्ण फुटबल म्याचमा हिमालयन फुटबल क्लब ४-० गोल अन्तरले बिजयी भयो ।

उक्त खेलमा नेपाली कलाकार टिमबाट नेपाली कांग्रेसका केन्द्रीय नेता प्रदिप पौडेल, प्रसिद्ध नायक धिरन शाक्य र बकस अफिस इन्टनेशनल ग्रुपका संयोजक राम बहादुर सुवेदी लगायत कलाकारहरु सहभागी थिए साथै हिमालयन फुटबल क्लबको तर्फबाट हिमालयन फुटबल क्लब, मलेसियाका अध्यक्ष सन्तोष कार्की, टिम म्यनेजर राजु तामाङ र खेलाडिहरु सहभागी थिए ।

खेलको समापन समारोहमा हिमालयन फुटबल क्लबको तर्फबाट अध्यक्ष सन्तोष कार्ककीले नेपाली कलाकार टिमलाई मायाको चिनो प्रदान गरे भने बकस अफिस ईन्टरनेशनल ग्रुपको तर्फबाट खेलका बिजेता, उप बिजेता र सहयोगीलाई मेडल प्रदान गरि धिरन शाक्य, राम बहादुर सुवेदी र प्रदिप पौडेलले सम्मान गरेका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै नायक धिरन शाक्यले यो खेल स्वास्थ र सम्बन्ध सुधारको लागि खेलिएको हो । हामी मलेसियामा विश्व परिक्रमा नागरिक सम्मान मलेसिया २०१९ कार्यक्रमको लागि आएकाे हो । यो नेपाल र नेपालीले गर्व गर्नु पर्ने कार्यक्रम हो जसमा मेरो सधै सहभागीता र सहयोग रहेको बताए ।

यसैगरी बकस अफिस ईन्टरनेशनल अवार्ड तथा कार्यक्रम सगरमाथाको बेसक्याम्प  देखि समुन्द्र मुनि सम्म सम्पन्न गरि गिनिजबुक वल्ड रेकर्ड कायम गर्न सफल भईसकेको र हाल पनि तेसै अभियानमा बिश्वपरिक्रमा नागरिक सम्मान कार्यक्रम २०१९ मलेसियाको लागि आएको र मलेसियामा रहेको नेपालीहरुलाई विभिन्न ५ बिधाका अवार्डबाट यहि सेप्टेम्बर २९ तारिख होटेल ग्रण्ड कन्टिनेन्टल मलेसियामा सम्मान गरिने बक्स अफिसका संयोजक सुबेदिले बाताए । साथै यसै कार्यक्रममा समाज सेवि तिल बहादुर कार्की र कार्कीको अभियान सम्बन्धि डकुमेन्ट्री प्रदर्शन कार्यक्रम पनि रहेको सुबेदिले जानकारी दिए ।


(२०७६ आश्विन १२, आईतवार) ०७:४८ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना