सत्तारुढ नेकपा कार्यकर्ताहरुद्वारा ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम बिथोलियो, अभियन्ता ज्ञानेन्द्र शाहीमाथी कुटपिट

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ आश्विन ११, शनिबार) १६:४८

जनताको मौलिक हक खोस्न उद्दत दुई-तिहाईको कथित कम्युनिस्ट सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी र सरकारका बिरोधीहरुलाई अरिङ्गालले जस्तै चिलेर मार्न निर्देशन दिएको अबस्थामा आज चितवनमा सत्तारुढ नेकपाका कार्यकर्ताले ‘नेपालका लागि नेपाली’ अभियानको कार्यक्रम बिथोल्नुका साथै त्यस अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीमाथि सांघातिक आक्रमण गरेका छन्।

सार्वजनिक कार्यक्रममा सत्ता पक्षवाट भएका भ्रष्टाचारको चर्को विरोध गर्दै आएका ज्ञानेन्द्र शाहीलाई  सत्तारुढ नेकपाका कार्यकर्ताहरुले निर्घात कुटेका छन । शाहीको शरीरको ठाउँ ठाउँमा कुटपीटवाट चोटपटक लागेको छ ।

अभियन्ता ज्ञानेन्द्र शाहीलाई उद्धार गर्दै ट्राफिक प्रहरी

चितवनको चौविसकोठीमा आयोजित खवरदारी सभामा सहभागि हुन होटल ग्लोवलवाट निस्किएर गाडीमा चढेका शाहीमाथि सत्तारुध निकट विद्यार्थीहरुको झुण्ड जाईलागेको थियो भने उनीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथोलेका थिए  । कार्यक्रम आयोजना गर्न थालेपछि उनीहरुले ज्ञानेन्द्र शाहीको व्यानरलगायतका सामग्री फालेका थिए ।  उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको छ ।

सत्तारुढ नेकपा कार्यकर्ताले तोडफोड गरेको ग्यान्द्र शाही चढेको गाडी
सत्तारुढ नेकपा कार्यकर्ताले तोडफोड गरेको ग्यान्द्र शाही चढेको गाडी

घटनामा संलग्न भएको आशंकामा प्रहरीले एक जनालाई पनि नियन्त्रणमा लिएको छ । निकै प्रचारका गरिएको कार्यक्रममा ज्ञानेन्द्र शाहीलगायत उनका समर्थक र केही अन्य व्यक्तिहरु सहभागी थिए ।

यसअघि ललितपुरमा आयोजना गर्न लागिएको पत्रकार सम्मेलन समेत बिथोलिएको थियो ।
ज्ञानेन्द्र शाहीलाई जिला प्रवेश गर्न नदिने भन्दै कतिपय जिल्लामा युवा विद्यार्थीले घोषणा नै गरेका छन् ।

सत्तारुढ नेकपा कार्यकर्ताले तोडफोड गरेको ग्यान्द्र शाही चढेको गाडी
सत्तारुढ नेकपा कार्यकर्ताले तोडफोड गरेको ग्यान्द्र शाही चढेको गाडी

(२०७६ आश्विन ११, शनिबार) १६:४८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro