मादक पदार्थ सेवन गरेर आफ्नै हाकिमलाई गाली गर्ने प्रहरी प्रमुख पक्राउ

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ आश्विन ११, शनिबार) १४:४८

ड्युटीमा रहेकै बेला मादक पदार्थ सेवन (मापसे) सेवन गरेको भन्दै महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख प्रहरी निरीक्षक देवेन्द्रकुमार पाल कारवाहीमा परेका छन् ।

शुक्रबार राति ड्युटीकै समयमा मादक पदार्थ सेवन गरेको फेला परेपछि प्रहरी निरीक्षक पाललाई महानगरीय प्रहरी कार्यालय टेकु काठमाण्डौका प्रहरी नायब उपरीक्षक (डिएसपी) पवन भट्टराईको टोलीले पक्राउ गरेको थियो । भट्टराईको टोलीले उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ ।

शुक्रबार राति महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट अनुगमन टोली पुग्दा उनी मदिराको नसामा थिए। प्रहरी नायब उपरीक्षक पवन भट्टराई नेतृत्वको अनुगमन टोलीलाई निरिक्षक पालले ‘चेन अफ कमाण्ड’ विपरीत गालीगौलज गरेपछि विभागीय कारबाहीको लागि उनलाई परिसर तानिएको हो।

‘आन्तरिक रुपमा ड्युटी दुरुस्त भेटिएन,’ महानगरीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले  भने, ‘ उनलाई विभागीय कारवाहीको लागि परिसर तानिएको हो। कार्यक्षेत्रमा रहँदा मापसे गर्न पाइँदैन।’ समाचार स्रोत अन्नपुर्ण पोस्ट


(२०७६ आश्विन ११, शनिबार) १४:४८ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro