रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निस्कासित तीन पत्रकार पुनर्वहालीकाे आन्दोलनप्रति नेपाल पत्रकार महासंघका छ पुर्व सभापतिहरुको ऐक्यवद्धता

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ आश्विन ११, शनिबार) १३:४४

रेडियो नेपाल दिपायल प्रसारण केन्द्रबाट निस्कासित तीन जना पत्रकारहरुलाई तुरुन्त पुनर्बहाली गर्न नेपाल पत्रकार महासंघले गरेको आन्दोलनप्रति महासंघका छ जना पुर्व सभापतिहरुले ऐक्यवद्धता प्रकट गरेका छन् ।  नेपाल पत्रकार महासंघका ६ जना पुर्व सभापतिहरु तारानाथ दाहाल, डा.सुरेश अाचार्य, हरिहर विरही, विष्णु निष्ठुरी, किशाेर नेपाल र धर्मेन्द झाले आज एक प्रेस बिज्ञप्ति प्रकाशित गर्दै रेडियाे नेपाल दिपायल प्रसारण केन्द्रबाट निष्कासित सुनिता रावल, प्रकाश बम र चक्र कुँवरकाे पुनर्वहालीकाे अान्दोलनप्रति ऐक्यवद्धता प्रकट गरेका हुन्।

उनीहरुले आफ्नो संयुक्त प्रेस विज्ञप्तिमार्फत  महासंघ केन्द्रीय समितिलाई त्यस आन्दोलनलाई अझ गम्भीर हुन र सशक्त अान्दाेलनमा जान अनुरोध गरेका छन् ।

रेडियो नेपालले भदौ १ गतेदेखि महासंघ डोटीका उपाध्यक्ष सुनिता रावल, सहसचिव प्रकाश बम र सदस्य चक्र कुँवरलाई निस्कासन गरेको थियो । रावल १० वर्षदेखि तथा बम र कुँवर विगत तीन वर्षदेखि रेडियो नेपालमा कार्यरत थिए ।

रेडियो नेपाल प्रदेश प्रशारण केन्द्रमा कार्यरत उनीहरुको पुनर्बहालीसँगै श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग राख्दै नेपाल पत्रकार महासंघले चरणबद्ध आन्दोलन गरिरहेको छ।  तर महासंघको आन्दोलनलाई सरकारले बेवास्ता गरेपछि महासंघका पुर्व सभापातिहरु समेतले आन्दोनमा समर्थन गरेर आन्दोलनमा उर्जा दिएका हुन्।


(२०७६ आश्विन ११, शनिबार) १३:४४ मा प्रकाशित

Exchange Rate

Nepali Patro