ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई अाज साधारण तारेखमा छाड्न जिल्ला अदालतले अादेश दिएकाे छ

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ आश्विन ९, बिहीबार) २१:११

 

जिल्ला अदालत कास्कीले विप्लव नेतृत्वको ने.क.पा. कास्कीका जिल्ला ईञ्चार्ज कृष्ण वाग्ले “रूपेश”लाई अाज साधारण तारेखमा छाड्न अादेश दिएकाे छ । माननीय न्यायाधीश दण्डपाणि शर्माको एकल इजलाशले नेता रूपेशलाई साधारण तारेखमा छाड्ने अादेश दिएकाे हाे ।

राज्यविरूद्धकाे कसुर, सस्ताे बजारमा भएकाे  बिष्फाेटन सम्बन्धि र एनसेल टावरमाथि अाक्रमण गरि उपद्राेह मच्चाएकाे समेतका तीन वटा अाराेप लगाउँदै जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्ला सरकारी वकिलको कार्यालय कास्की मार्फत जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेकाे थियाे ।

नेता रूपेशकाे तर्फबाट अधिवक्ताहरू गाेविन्द पाैडेल, सन्ताेष काेइराला, तिलक काेइराला र गाेविन्द अधिकारी समेतले बहस गरेका थिए ।

जिल्ला अदालतले उनलाई साधारण तारेखमा छाड्ने अादेश दिएपनि जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई अदालतकाे अादेश विपरीत पुनः गिरफ्तार गरि हिरासतमा लिएकाे छ ।

अदालतकाे अादेशले रिहा गरेपनि पुनः गिरफ्तार गरिए पछि फेरि बेपत्ता पार्न लागिएको हाे कि भन्दै उनका अाफन्तले चिन्ता प्रकट गरेका छन् ।


(२०७६ आश्विन ९, बिहीबार) २१:११ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

प्रहरीसंग भनाभन गरेको आरोप लागेका सैनिक जवान कंडेल प्रहरी चौकीबाट भाग्न खोज्दा मृत्यु

मादक पदार्थ सेवन गरी ड्युटीमा रहेका प्रहरीसंग भनाभन गरेको आरोपमा पक्राउ परेका एकजना सैनिक जवानको प्रहरी चौकीको बरण्डाबाट हामफालेर भाग्ने क्रममा आज बिहान ७ः३० बजे मृत्यु भएको छ । चितवन जिल्लाको.....

अकुत सम्पत्ति कमाउने तीन मेडिकल कलेजमा अख्तियारद्वारा छापा, ठगीमा मुद्दा चलाउने तयारी

मेडिकल शिक्षाका नाममा सरकारले तोकेको भन्दा बढी रकम असुली गरेर अकुत सम्पत्ति कमाएको आशंकामा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा आइतबार छापा मारेको छ । विभागले नोबल.....

अख्तियारद्वारा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले अस्पतालमा सामाजिक सेवा ईकाई सञ्चालन गर्न दिने प्रक्रिया रद्द गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाइ निर्देशन दिएको छ। सामाजिक सेवा ईकाई.....

Exchange Rate

Nepali Patro