चीनमा विशाल अन्तराष्ट्रिय विमानस्थल

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७६ आश्विन ८, बुधबार) २०:०४

चीनको ७०औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा राजधानी बेइजिङमा ११ अर्ब डलरको लागतमा निर्मित विशाल अन्तर्राष्ट्रिय विमानस्थल सन्चालनमा आएको छ ।

राष्ट्रपति सी चिनफिङले बुधबार उद्घाटन गरेको डासिङ अन्तर्राष्ट्रिय विमानस्थल झन्डै सात लाख वर्गमिटर अर्थात् ९८ ओटा फुटबल मैदान बराबरको रहेको त्यहाँको सरकारी सन्चारमाध्यम ‘चाइना डेली’ले जनाएको छ ।

एअरपोर्ट काउन्सिलकाअनुसार बेइजिङको पुरानो विमानस्थल विश्वकै दोस्रो अतिव्यस्त विमानस्थल हो । एट्लान्टा विमानस्थल व्यस्त विमानस्थलहरूको सूचीमा शीर्ष स्थानमा छ ।

तर, बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा यात्री र विमानहरूको चाप बढेकाले नयाँ विमानस्थलको आवश्यकता भएको अधिकारीहरूले बताउने गरेका छन् ।

डासिङ विमानस्थलमा एउटै भवनमा संसारकै सबैभन्दा ठूलो टर्मिनल भएको बताइन्छ ।

सन् २०२५ भित्र उक्त विमानस्थल हुँदै १७ करोड यात्री बेइजिङ आउने अपेक्षा गरिएको छ ।

प्रसिद्ध वास्तुकार जाहा हादिदले विमानस्थलको नमुना बनाएका हुन् ।

विमानस्थल सन्चालनमा आएपछि न्यूयोर्क र लन्डनमा जस्तै बेइजिङमा पनि दुईओटा ठूला अन्तर्राष्ट्रिय विमानस्थल भएका छन् ।

सन् १९५८ मा खुलेको बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थल अहिलेसम्म १० करोडभन्दा बढी मानिसले प्रयोग गरिसकेका छन् । (एजेन्सी)


(२०७६ आश्विन ८, बुधबार) २०:०४ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro