ने. क. पा. गोर्खाका तात्कालीन जिल्ला ईञ्चार्ज कुमाल र सेक्रेटरी भट्ट करीब साढे चार महिना लामो प्रहरी हिरासत बसाईपछि रिहा

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७६ आश्विन ८, बुधबार) १९:०८

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गोर्खाका तात्कालीन जिल्ला ईञ्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्ट करीब साढे चार महिना लामो प्रहरी हिरासत बसाईपछि आज रिहा भएका छन् । सर्वोच्च अदालतको दोस्रो पटकको आदेशपछि उनीहरु आज रिहा भएका हुन् ।

गएको बैसाख २२ गते गोर्खाको पालुंगतारमा जिल्ला इन्चार्ज योगेन्द्र कुमालासंग छलफल गरिरहेका बखत सादा पोशाक र बर्दीधारी प्रहरीले उनीहरुलाई गिरफ्तार गरेको थियो । प्रहरीले गिरफ्तार गर्न लागेपछि प्रहरी घेरा तोड्ने क्रममा उनको बायाँ खुट्टा भाँच्चिएको थियो ।

खुट्टा भाच्चिन्दा पनि एक हप्तासम्म ने.क.पा. नेता कपिल भट्टलाई बिना उपचार हिरासतमा राखिएको थियो ।

 


(२०७६ आश्विन ८, बुधबार) १९:०८ मा प्रकाशित

Exchange Rate

Nepali Patro