शान्ति वार्ता गर्न चाहे अफगानिस्तान तयार

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ आश्विन १, बुधबार) १८:४१

अफगानिस्तानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भविष्यमा शान्ति वार्ता गर्न चाहे आफूहरु तयार रहेको जनाएको छ ।

अफगानी वार्ता टोलीका नेता शेर मोहम्मद अब्बासले अमेरिकाले वार्तामार्फत् अफगानिस्तानमा जारी युद्ध अन्त्य गर्ने वातावरण तयार पारे उसलाई समेत फाइदा पुग्ने बताएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

वार्ता निरन्तर चलिरहेका बेला राष्ट्रपति ट्रम्पकै कारण वातावरण बिथोलिएको अफगानिस्तानले आरोप लगाउँदै आएको छ ।

वार्ताको वातावरण बन्दै गएपछि ट्रम्पले अफगानिस्तनका राष्ट्रपति असरफ घानीलाई सेप्टेम्बर ८ मा भेट्न चाहेको समाचार बाहिरीएका थिए ।

तर सेप्टेम्बर ६ मा राजधानी काबुलमा तालिवानीको आक्रमाणबाट एक अमेरिकी सैनिकसहित १२ जनाको मत्यु भएपछि वार्ताको वातावरण बिथोलिएको हो ।

त्यसलगत्तै अमेरिकी विदेश सचिव माइक पोम्पेओले तालिवानी आक्रमणको भत्र्सना गर्दै अफगानिस्तान शान्ति वार्ताप्रति इमान्दार नभएको आरोप लगाएका थिए ।

तर अफगानी वार्ता टोली नेता अब्बासले तालिवानी लडाकूहरुले गलत नगरेको भन्दै आक्रमणको बचाउ गर्दै आएका छन् ।(एजेन्सी)


(२०७६ आश्विन १, बुधबार) १८:४१ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर

नेपाल र चीनबीच १७ वटा सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौता, सहमति र साझेदारी पत्र गरी १७ वटा विषयमा हस्ताक्षर भएको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सहमति तथा.....

बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद आलम पक्राउ

०६४ सालको बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद मोहम्मद अफ्ताव आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको छ । मन्त्रीसमेत भइसकेका आलम रौतहट क्षेत्र नं. २.....

पृथ्वी घुम्न छोडेन, “पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !” : परशुराम कोइराला

"पृथ्वीमाथि प्रतिवन्ध लगाऊ चाँडो !" महामिम अादेश हो यो किनभने पृथ्वी घुम्न नरोकिएको देखेर महामिमहरू सबै विलखमन्द छन् । ....घुम्न प्रतिबन्धै लगाए पनि पृथ्वी घुम्न अझै छोडेन र त महामिमहरु.....

Exchange Rate

Nepali Patro