गणतन्त्रविरुद्ध बोल्दै नहिड्न पूर्वराजा शाहलाई प्रचण्डको चेतावनी

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ पुष ९, शनिबार) १२:३३

दाङ, ९ पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दरबार हत्याकाण्डको छानविन गर्न उच्चस्तरीय आयोग गठनको तयारी भइरहेको बताएका छन् । साथै गणतन्त्र र संघीयताविरुद्ध बोल्दै नहिड्न पूर्वराजा ज्ञानेन्द्र शाहलाई चेतावनी दिए ।

शनिबार घोराहीमा पत्रकारहरूसँग कुरा गदै प्रधानमन्त्री प्रचण्डले पूर्वराजा ज्ञानेन्द्रको वक्तब्यपछि मन्त्रिपरिषदमा गम्भीर छलफल भएको बताए ।

उनले अघि भने, ‘पहिलो पटक प्रधानमन्त्री हुँदा नै मैले दरबार हत्याकाण्डको छानविन हुनुपर्छ भनेको हुँ, त्यही अनुसार सरकारले उच्चस्तरीय आयोग बनाएर छानविन गर्छ ।’

पूर्वराजा ज्ञानेन्द्रले वक्तव्य निकालेर आफ्नो छटपटी देखाएको र दलहरुको विवादमा खेल्न खोजेको आरोप लगाए । माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले संविधान, गणतन्त्र र संघीयताविरुद्ध बढी वोल्दै गए दुःख पाउने चेतावनी दिए ।

यस्तै प्रधानमन्त्री प्रचण्डले सर्वोच्च अदालतभित्रै अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्कीलाई कालोमोसो दल्नु राम्रो कार्य नभएको बताए ।


(२०७३ पुष ९, शनिबार) १२:३३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना