तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ भाद्र २८, शनिबार) २३:२१

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ ।

आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

दोस्रो ड्रोन आक्रमणका कारण कुरिसमा रहेको तेलखानीमा पनि आगो लागेको थियो । दुवै आगलागी नियन्त्रणमा आइसकेको छ ।

उक्त तेल प्रशोधन केन्द्र संसारकै सबैभन्दा विशाल तेल प्रशोधन केन्द्र मानिन्छ ।

विगतमा भएका यस्ता आक्रमणमा इराननिकट यमनका विद्रोही हुथी समूहमाथि आरोप लगाइने गरिन्थ्यो । तर, यो आक्रमणमा भने कसको संलग्नता छ भन्ने स्पस्ट भइसकेको छैन ।

यसअघि, सन् २००६ मा अबकाइसमा रहेको तेल प्रशोधन केन्द्रमा अल–कायदाको आक्रमण प्रयासलाई साउदी सुरक्षा बलले विफल तुल्याएको थियो । (एजेन्सी)


(२०७६ भाद्र २८, शनिबार) २३:२१ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना