सरकारी जग्गा व्यक्तिका नाममा

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ भाद्र २८, शनिबार) २३:१७

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी गरिएको हो। पूर्वराज्यमन्त्री अब्दुल रज्जाकका स्वकीय सचिव विशाल तामाङले ४ बिघा ९ कट्ठा ६ धुर जग्गा दर्ता गरेको भेटिएको छ।

रुपन्देहीको सियारी गाउँपालिका–१ चिल्हियाको उक्त जग्गा चिल्हिया माविले भोगचलन गर्दै आएको थियो। विद्यालयले भोगचलन गरेको जग्गा एकाएक व्यक्तिका नाममा सरेको भेटिएपछि सबै आश्चर्यमा परेका छन्। यो जग्गाको मूल्य आठ करोडभन्दा बढी छ। मालपोत कार्यालयको अभिलेख अनुसार कित्ता नम्बर ४५ को उक्त जग्गा ‘निर्णयानुसार’ भन्दै तामाङको नाममा सारिएको छ। भैरहवा मालपोत कार्यालयबाट २०७१ माघ १८ गते उक्त जग्गा तामाङको नाममा सारिएको छ। मालपोतको       श्रेस्तामा मिसिल नं. २८ बाट विशाल तामाङको नाममा जग्गा नामसारी भए पनि मिसिल भने गायव छ। मालपोतका उच्च अधिकारी फाइल गायवप्रति बेखबर छन्।

नापी र मालपोतको फिल्डबुकमा भने उक्त जग्गा ऐलानी नै छ। मिसिल गायव भएपछि कुन निकायको निर्णयअनुसार जग्गा नामसारी भएको हो त्यो भन्ने खुलेको छैन। जग्गाधनी तामाङले भने जग्गा कसरी आफ्नो नाममा आयो भन्ने बताउन चाहेनन्। तामाङ देवदह नगरपालिका केरवानीवासी हुन्।  अन्नपुर्ण पोष्टबाट

 


(२०७६ भाद्र २८, शनिबार) २३:१७ मा प्रकाशित

मुख्य समाचार

सबै

कास्कीका प्रहरी प्रमुख एसपी कार्कीबिरुद्ध मानव अधिकार आयोगमा उजुरी

आफुलाई गैर कानूनी थुनामा राखेर मानसिक यातना दिइएको भन्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीबिरुद्ध एक राजनीतिककर्मीले रास्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन्। केही समय.....

सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको मानव अधिकार आयोगको ठहर

राष्ट्रिय मानवअधिकार आयोगले सरकार नागरिकलाई मौलिक हक दिन असफल रहेको ठहर गरेको छ। आयोगले देशको मावनअधिकारको समग्र पक्षबारे तयार पारेको प्रतिवेदनमा यस्तो ठहर गरिएको छ।  साथै सो.....

वडाध्यक्ष कामतद्वारा आत्महत्या प्रयास, वडा सदस्य पोखरेलको मृत्यु

विराटनगर महानगरपालिका वडा नम्बर ६ का अध्यक्ष बिजय कामतले आत्महत्याको प्रयास गरेका छन् । अस्पताल स्रोतका अनुसार उनले किटनाशक बिषादी सेवन गरेर आत्महत्या प्रयास गरेका हुन् । उनको अहिले.....

Exchange Rate

Nepali Patro