जनसञ्चार डटकमका सम्पादक ओम हमल रिहा

संबाददाता : योञ्जन तामाङ     प्रकाशित मिति: (२०७६ भाद्र २४, मंगलवार) १९:२१

 

काठमाडौं ,

जनपत्रकार संगठन,नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक अाेम हमाल रिहा भएका छन् । सर्वाेच्च अदालतकाे दाेस्राे पटककाे अादेशमा हमाल रिहा भएका हुन् । बन्दी प्रत्येक्षीकरणकाे रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वाेच्च अदालतकाे अादेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । पत्रकार हमालकाे गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य माेनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणकाे रिट दायर गरेकी थिईन् । रिटमाथी सुनुवाइ गर्दै सर्वाेच्च अदालतका न्यायाधीश ईश्वर प्रसाद खतिवडा र बमकुमार श्रेष्ठकाे ईजलासले पत्रकार हमाललाई रिहा गर्न अादेश दिएकाे हाे । भदाै ६ गते पक्राउ परेका हमाललाई मंगलबार सर्वाेच्च अदालतले रिहा गर्न अादेश दिएपनि गेटबाटै प्रहरीले पक्राउ गरेकाे थियाे । अघिल्लाे पटक राज्य विरूद्वकाे कसुरकाे मुद्दा लगाएकाे प्रहरीले दाेस्राे पटक दुरव्यवहार सम्बन्धी मुद्वा लगाएर थुनामा राखेको थियोे ।

पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिदै अाएका थिए भने जनपत्रकार संगठन नेपालका केन्द्रीय पदाधिकारीहरु हमालको गैरकानुनी गिरफ्तारीको विरुद्ध नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघ संगठनहरु संग भेटघाट एवम् छलफल गरी विचार तथा अास्थाका अाधारमा गिरफ्तार पत्रकारहरुको पक्षमा दबाब दिन अनुरोध गर्दै अाईरहेका थिए ।

रिहा भएका पत्रकार हमाललाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे,नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल ,संगठनका केन्द्रीय महासचिव हिम विष्टले स्वागत गरेका छन्


(२०७६ भाद्र २४, मंगलवार) १९:२१ मा प्रकाशित

Exchange Rate

Nepali Patro