पत्रकार ओम हमालको रिहाईको माग गर्दै श्रृङखला

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ भाद्र २३, सोमबार) २२:०८

कास्कीका क्रियाशिल पत्रकार ओम हमालको रिहाईको माग गर्दै पोखरामा दवावमुलक कार्यक्रम गरिएको छ ।
पत्रकार माथिको ज्यादती बन्द गर, पत्रकार हमाललाई रिहा गर भन्ने  नाराका साथ पोखरा २० भलाममा अवस्थित श्रृङखला युवा क्लबले कार्यक्रम आयोजना गरेको छ ।
पोखरा मानवअधिकार चोक मा यही भदौ २२ बाट सुरु गरिएको दवाब कार्यक्रम द्रोस्रो दिन पनि जारी छ ।
कार्यक्रममा बोल्दै कृष्ण प्रसाद गौतमले पत्रकार ओम हमालको रिहाइ नभए सम्म दवाव जारी राख्ने तथा मानववादीकर्मी, नेपाल पत्रकार महासंघ लगायतका संस्थाहरुसग सहकार्य गरी थप शसक्त रुपमा अगाडी बड्ने बताउनु भयो ।


सर्वोच्च अदालत गेटबाट प्रहरी प्रशासनले अमानवीय रुपमा पक्राउ परेका हमाल नेपाल पत्रकार महासंघ कास्कीका सदस्य,जनसंचार डटकमका संचालक/सम्पादक हुन् ।


(२०७६ भाद्र २३, सोमबार) २२:०८ मा प्रकाशित

Exchange Rate

Nepali Patro