बम विस्फोट गराएको आशंकामा २ जना पक्राउ

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ भाद्र २३, सोमबार) १३:०६

झापाको गौरादह नगरपालिकामा बम विष्फोट गराएको आशङ्कामा प्रहरीले दुई जनालाई पक्राउ गरेकाे छ । अज्ञात समूहले आइतबार राति बम विफोष्ट गराउँदा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले प्रयोग गर्दै आएको गाडी पूर्णरुपमा क्षति भएको छ ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार राति १२ः३० बजे अज्ञात समूहले बम विष्फोट गराउँदा मिश्रले प्रयोग गर्दै आएको बा २ झ २५७० नम्बरको बोलेरो गाडी पूर्णरुपमा क्षति भएको छ ।

यता बिर्तामोड नगरपालिका–२ मा रहेको सहारा नेपाल सहकारी संस्थाको नवनिर्मित भवनमा राति नै बम विष्फोट भएको छ । सहकारीको मूल गेटमा शक्तिशाली बम विष्फोट गराइएका कारण सहकारीको गेट, गाड रुम, सहकारीको भवनमा प्रयोग गरिएको सिसा फुटेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाले जानकारी दिनुभयो ।

एकै समयमा दुवैतर्फ बम विष्फोट गराइएका कारण नेत्र विक्रम चन्द समूह (विप्लव)का कार्यकर्ताले बम विष्फोट गराइएको हुनसक्ने प्रहरीले आशङ्का गरेको छ तर घटनाको जिम्मेवारी कसैले पनि लिएका छैनन् ।


(२०७६ भाद्र २३, सोमबार) १३:०६ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

नेपाली सेनामा सैनिक जवान भर्ना छनौट प्रक्रियामा ब्यापक लेनदेन तथा अनियमितता हुने गरेको खुलासा

नेपाली सेनाको भर्ना छनौट प्रक्रियामा ब्यापक लेनदेन तथा अनियमितता हुने गरेको खुलासा भएको छ। भर्ना प्रकि्रयामा सैनिककै संलग्नतामा कीर्ते तथा आर्थिक लेनदेन भएको आशंकामा नेपाली सेनाले अनुसन्धान गरी कारबाही.....

वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनी गिरफ्तार, धर्मपत्नीद्वारा गिरफ्तारीको कारण माग

पार्टीले बिदाइ गरेको समाचार सार्वजनिक भएकै दिन प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेता भएको आरोपमा वाम बुद्धिजीवी एबम लेखक गुणराज लोहनीलाई गिरफ्तार गरेको छ । उनलाई प्रहरीले.....

पुर्व गृहराज्यमन्त्री एबम सांसद कंडेल भारतीय भएको खुलासा

नेपालमा गृहराज्यमन्त्री भैसकेका नेपाली कांग्रेसका नेता एबम सांसद देवेन्द्रराज कँडेल भारतीय नागरिक भएको रहस्य खुलेको छ । उनी उत्तरप्रदेश, महाराजगन्जको ठुठीबारीस्थित राधादेवी.....

Exchange Rate

Nepali Patro