अमेरिकाले शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने

संबाददाता : बुद्धि हमाल     प्रकाशित मिति: (२०७६ भाद्र २३, सोमबार) १२:४३

तालिवान बिद्रोहीले अमेरिकाले शान्ति सम्झौता रद्द गरे नोक्सानी व्यहोर्नु पर्ने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिवानसँगको शान्ति सम्झौता रद्द गरे लगत्तै तालिवानको यो चेतावनी आएको हो ।

अनुभव र परिपक्वक्ता बिनाको निर्णय अमेरिकाले गरेको भन्दै तालीवानी बिद्रोहीले शान्ति सम्झौता लागि अन्तिम बिन्दुमा अमेरिकाले धोका दिएको बताएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालीवानी बरिष्ठ नेता र अफगानिस्तानका राष्ट्रपति असरफ घानीबीच हुन लागेको भेटघाटको अघिल्लो दिन अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत अमेरिकाले तालीवानसँगको शान्ति सम्झौता रद्द गरेको घोषणा गरेका थिए ।

अफगानिस्तानको काबुलमा भएको कार बम बिस्फोटपछि राष्ट्रपति ट्रम्पले उक्त निर्णय लिएको बताइएको छ ।

अफगानिस्तानलाई अमेरिकाको कठपुतलीको संज्ञा दिएको तालिवान बिद्रोहीले अफगानिस्तानका प्रतिनिधिसँगै वार्ता गर्न अस्वीकार गर्दै आइरहेकोमा शान्ति सम्झौता भंगको अमेरिकाको निर्णयले अफगानिस्तान थप अप्ठेरोमा परेको विश्लेषण गरिएको छ । (एजेन्सी)


(२०७६ भाद्र २३, सोमबार) १२:४३ मा प्रकाशित

°
Weather from OpenWeatherMap

मुख्य समाचार

सबै

गोली हानि हत्या गरेर पांच लाख रुपियाँ लुटपाट

बैंकबाट पैसा निकालेर घरतर्फ आउँदै गरेका एक व्यक्तिको आज दिउँसो रुपन्देहीमा गोली हानि हत्या गरेर रकम लुटिएको छ। रुपन्देहीको रोहिणी गाउँपालिका - ३ मा रहेको एक बैंकबाट ५ लाख रुपैयाँ झिकेर ओमसटिया - ४ स्थित.....

तेल कम्पनीमा ‘ड्रोन’ आक्रमण

साउदी अरबको अरामकोकास्थित दुईओटा सरकारी तेल कम्पनीमा शनिबार ‘ड्रोन’ आक्रमण भएको छ । आक्रमणका कारण केन्द्रमा आगोको ठूलो लप्का र धुवाँ निस्किएको स्थानीय सन्चारमाध्यमलाई उद्धृत गर्दै.....

सरकारी जग्गा व्यक्तिका नाममा

रुपन्देही सियारीस्थित सरकारी जग्गा पूर्वमन्त्रीका स्वकीय सचिवले आफ्नो नाममा ल्याएका छन्। मालपोत कार्यालय रुपन्देहीका कर्मचारीको मिलेमतोमा सरकारी जग्गा व्यक्तिका नाममा नामसारी.....

Exchange Rate

Nepali Patro