सभापतिका उम्मेदवार कक्षामै हारेपछि काठमाडौं विश्वविद्यालयमा तोडफोड

संबाददाता : मोनिका गुरुङ     प्रकाशित मिति: (२०७३ पुष ९, शनिबार) ०५:१४

सभापतिको सम्भावित उम्मेदवार कक्षामै हारेपछि नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले काठमाडौं विश्वविद्यालयमा तोडफोड गरेका छन् । काठमाडौं विश्वविद्यालय विद्यार्थी कल्याण परिषद्को निर्वाचन दुई चरणमा हुने गर्दछ । पहिलो चरणमा प्रत्येक संकायको हरेक कक्षाबाट एकजना सीआर अर्थात् क्लास रिप्रिजेन्टिभको रूपमा प्रतिनिधि छानिन्छन् । त्यसपछि एक वर्षे कार्यकालका लागि सभापतिसँगै पदाधिकारीको चयन हुनेछ ।

क्रान्तिकारीले सभापतिको उम्मेदवार बनाउने भनेको व्यक्ति सीआरमै  हारेपछि आक्रोसित विद्यार्थीले विश्वविद्यालयमा तोडफोड गरेका छन् । अखिल क्रान्तिकारीबाट विद्यार्थी परिषद्मा सभापतिको उम्मेदवारको चर्चामा रहेका गोविन्द बाँनिया नै पराजित भएपछि तोडफोड गरिएको हो ।

विद्यार्थी कल्याण परिषद्को निर्वाचनमा प्रमुख तीन दल  नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले समेत प्रतिष्ठाको विषय गुमाएपछि स्थिति दिनभर असामान्य बनेको थियो । विद्यार्थी मात्रै नभएर केयू परिसरमा वाईसीएल, युथफोर्स र तरुण दलका कार्यकर्ताहरूको समेत बाक्लो उपस्थिति रहेको थियो । हरेक विद्यार्थी संगठनले केन्द्रबाट विशेष अधिकारसहित पदाधिकारी नै केयूमा खटाएको छ । सिभिल तेस्रो वर्षको सीआरको निर्वाचनको परिणाम आउने क्रममै क्रान्तिकारिक विद्यार्थीले एक्कासी तोडफोड गरेका थिए । विद्यार्थीले विश्वविद्यालय परिसरमा रहेका भवनहरूको सिसा, गमला तथा ढोकाहरूमा तोडफोड गरेका छन् ।


(२०७३ पुष ९, शनिबार) ०५:१४ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना