कार्यक्रम उद्घाटनका लागि जिल्ला दौडाहामा व्यस्त प्रचण्ड

संबाददाता : ओम हमाल     प्रकाशित मिति: (२०७३ पुष ९, शनिबार) ०३:०३

काठमाडौँ,९ पुस ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दैनिकजसो बिभिन्न कार्यक्रम तथा उद्घाटनका लागि जिल्ला दौडाहामा व्यस्त छन ।

मुलुकमा जारी गतिरोध अन्त्य गर्ने बिषयमा कुनै प्रभावकारी छलफल समेत हुन नसकेका बेला प्रधानमन्त्री दाहालल भने बिभिन्न जिल्लामा पुगेर बिबादित बिषयमा छिट्टै सहमती जुट्ने बताउदै आएका छन् ।

आज पनि प्रचण्ड रुकुमको चुनुवाङमा गुरिल्ला ट्रयाकको उद्घाटनका लागी जादै छन्।

त्यहाबाट सिधै उहा रोल्पा आएर घर्तीगाउमा रहेको शहिद मार्गको अबलोकन र उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले आजै दिउसो १ बजे दाङको घोराहिमा आयोजना हुने पार्टीको कार्यत्रममा सहभागी हुने उनका स्वकीय सचिक मनोहर प्रसाद तिम्सिनाले जानकारी दिए।

प्रधानमन्त्री दाहालल पछिल्लो सातामा मात्रै गोरखा , धादिङ ,कैलाली , सुर्खेृत , हुम्ला ,धनकढी ,मोरङमा भएका पार्टीगत कार्यक्रम , उद्घाटन तथा सिल्यानासमा सहभागी भएका थिए ।


(२०७३ पुष ९, शनिबार) ०३:०३ मा प्रकाशित

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना

Exchange Rate

Nepali Patro

कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना
कोरोना भाइरस नियन्त्रण सम्बन्धि गण्डकी प्रदेशको सूचना